गाउँपालिकाका योजना अवलोकन गर्दै प्रदेश सांसद बराल

पोखरा, २२ वैशाख / गण्डकी प्रदेशसभा सदस्य रामजी प्रसाद बराल (जीवन) ले आफ्नो निर्वाचन क्षेत्र कास्की ३ (१) मा सार्वजनिक हितका योजनाहरुको अध्ययन अवलोकन गरेकाछन्।

कास्कीको माछापुच्छ«े गाउँपालिकामा निर्माण भइरहेका भौतिक पूर्वाधारका योजनाहरुको आइतबार अनुगमन गर्दै प्रदेशसभा सदस्य बरालले लकडाउनको समयमा पनि विभिन्न भौतिक पूर्वाधार निर्माण कार्य अघि बढाएकोमा खुसि व्यक्त गर्दै निर्माण कार्य अघि बढाउन आवश्यक पर्ने सहयोग गर्ने बताएका छन्।

प्रदेश सरकारले लकडाउनमा विकास निर्माण अघि बढाउन मापदण्ड बनाएको बताउदै प्रदेश सभा सदस्य बरालले हाम्रो क्षेत्रमा हाल धेरै प्रभाव नपरेकोले अब विकास निर्माणका योजना र उत्पादनलाई विस्तारकै खुकुलो पार्दै अघि बढाउनु पर्ने धारणा व्यक्त गरे । अहिलेको अबस्थामा जुन जुन कार्यस्थलमा भएका मजदुर र स्थानीय मजदूरलाई परिचालन गर्नुपर्ने उनको जोड थियो ।

लकडाउनको समयमा पनि केही योजनाहरु हाल जारी रहेको माछापुच्छ«े गाउँपालिका अध्यक्ष कर्ण बहादुर गुरुङले बताए । गाउँपालिका अध्यक्ष गुरुङले पहिलो चरणमा ६ सय ८० परिवारलाई राहत वितरण गरिएको बताए । राहत वितरण गरिएका मध्य एक सय घर परिवार पनि स्थानिय मजदुरहरु नभएको गाउँपालिकाले जनाएको छ । केही योजना लकडाउनमै सकिएको गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीले जनाइन्।

लकडाउनको समयमा लुम्रे गोरेटोबाटो निर्माण, टारुवा सिँचाई योजनाको निर्माण कार्य ,केसवाङ सामूदायिक भवन निर्माण कार्य, टुटुङ्गा,ल्वाङ, कोलेली नयाँ सडक ट्रयाक खोल्ने काम समेत सम्पन्न भएको उपाध्यक्ष दवाडीले बताइन् ।

इदी खोला (भेडाबारी) मल्टी सेल बक्स पुलको निर्माण कार्य जारी रहेको छ । पुलको ग्याबिन भर्ने कार्यका लागि हाल १७ जना मजदूरले दैनिक काम गरिरहेका छन् । गाउँपालिकाको वडा नं ८ र ९ जोड्ने गरी निर्माण शुरु गरिएको पक्की मोटरेवल पुलको काम समेत लकडाउनमा जारी रहेको छ ।

वडा नं ३ को काङमाङमा सडक ढलान गरिएको छ । धेरै योजनाहरुमा अब निर्माण सामाग्रि आवश्यक परेको तथा केही दक्ष मजदुरहरु विभिन्न जिल्लामा गएको ठेक्दारहरुले बताएकाछन्।

कमेन्टहरु
Loading...