रामजी वादल हत्यामा संलग्नलाई जन्मकैद

पोखरा, ६ जेठ / नेपाली कांग्रेसका प्रभावशाली नेता तथा तत्कालीन क्षेत्रीय सभापति रामजी पौडेल “वादल” हत्या काण्डमा संलग्न ६ जनालाई कास्की जिल्ला अदालतले आईतवार जन्मकैदको सजाय सुनाएको छ । वादलको हत्या भएको दुई वर्ष दस महिना वित्दा समेत प्रहरीले हत्यामा संलग्न मुख्य अभियुक्त मध्यका एक लेखनाथ निवासी व्रजेस गुरुङलाई भने प्रहरीले अझै पनी पक्राउ गर्न सकेको छैन् । हालसम्म उनी फरार रहेका छन् ।

नेता स्वर्गीय वादलको पक्षमा जिल्ला न्यायाधिवक्ता अर्जुन कोईराला र अधिवक्ताद्वय कमल प्रसाद अर्याल र ठाकुर प्रसाद वरालले वहस गर्नुभएको थियो भने प्रतिवादीहरुका तर्फवाट वरिष्ठ अधिवक्ता कृष्ण सापकोटा, कृष्णवहादुर गुरुङ·, कृष्णवहादुर थापा लगायत करिव २०÷२२ जना अधिवक्ताहरुले वहस गरेका थिए ।

अदालतवाट जन्मकैद सजाय पाउनेमा साविक लेखनाथ नगरपालिका वडा नं १२का तरुण दलका उपाध्यक्ष राउटे भन्ने विश्वास गौतम र उनका साथीहरु विभिन्न ठाउं वस्ने राजु रानाभाट, प्रकाश गुरुङ, वले भन्ने अशोक गुरुङ, रविन के.सि., र सन्दीप गुरुङ रहेका छन ।

वि.सं. २०७२ साल साउन २८ गते राती कांग्रेसका कार्यकर्ताद्वारा आफ्नै पार्टीका नेता वादलको जघन्य हत्या गरेका थिए । हत्या पछि मृतक पौडेलका दाजु राममणी पौडेलले जिल्ला प्रहरी कार्यालयमा दिएको किटानी जाहेरी दिएका थिए ।

सो हत्याकाण्ड घटाउने मुख्य अभियुक्त राउटे भन्ने विश्वास गौतम समेतका सातजनालाई अभियोग मागदावी वमोजिम जन्म कैद र निजहरुलाई घटना पछि भगाउन लुकाउन सहयोग गर्ने भरत पौडेल समेतलाई एक वर्ष कैद सजाय हुने गरी आईतवार कास्की जिल्ला अदालतले उक्त फैसला सुनाएको हो ।

साविक लेखनाथ नगरपालिका वडा नं १३ तल्लो गगनगौडा निवासी नेपाली कांग्रेसका युवा नेता वादल आफनै पार्टिका कार्यकर्ता नारायणहरी तिवारी र विश्वास गौतमका विचमा अघिल्लो दिन साउन २७ गते भएको विवाद मिलाउन भनि कांग्रेस कार्यकर्ता वुद्धिमान गुरुङको लेखनाथ गगनगौंडा स्थित घरमा केही व्यक्ति समेत संग छलफलमा वसेका थिए । राती करिव ८/९ वजेको समयमा विवाद समाधान भयो भनि आफनै पार्टिका कार्यकर्ता मनोज गुरुङ· संग मोटर साइकलमा आफनो घर लेखनाथ वरालथर तर्फ जान लाग्दा वादल माथी चिरपाटे दाउराले प्रहार गरी हत्या गरेर नजिकैको भिरवाट फालेका थिए ।

अनुसन्धानवाट पत्तँ लागेको घटना विवरण अनुसार निज वादलको घर जाने आउने वाटो समेत वुझे जानेका अघि छलफलमा वस्ने आफनै पार्टि नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुणदल लेखनाथ १२ का उपाध्यक्ष लेखनाथ खुदी निवासी राउटे भन्ने विश्वास गौतम र उनका साथीहरुले लाठा दाउराले टाउकोमा हिर्काई कर्तव्य गरी मारी पृथ्वीराजमार्गको नजिकै खेतमा लगि फालेका रहेछन् । भोली पल्ट २९ गते घटनाको वारेमा अनुसन्धान हुंदा अपराधीहरु आफनो घर ठेगानावाट भागी भारत पुगेकोमा प्रहरीले खोजतलास गरी पत्ता लगाई मुद्दा चलाएको थियो ।

सो घटनामा पक्राउ परी हिरासतमा रहेका राजेन्द्रमणी लामिछाने घटना पछि पक्राउ परे पनि पछि प्रहरी हिरासतवाट नै छुटेका र निजका उपरमा मुद्दा दर्ता नै गरिएन । उक्त मुद्दा आजै कास्की जिल्ला अदालतका माननीय जिल्ला न्यायाधीश उमेस प्रसाद लुईटेलको इजलासवाट मुख्य अभियुक्तहरुलाई जन्म कैद र अरु सुनवल निवासी भरत पौडेल र लालवहादुर सेन ठकुरी, रुपन्देही वेलहिया निवासी वीरेन्द्रकुमार रानामगर, गैडाकोट निवासी मिनवहादुर घले, तनहुं दुलेगौंडा निवासी चन्द्रवहादुर थापा समेतलाई १ वर्ष कैद सजाय गर्ने गरी फैसला भयो ।

कमेन्टहरु
Loading...