काँग्रेस वरिष्ठ नेता पौडेलद्वारा बराल परिवारप्रति समवेदना व्यक्त

पोखरा, ३ बैशाख/नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पाडैलले मातृशोकमा रहेका पत्रकार हेमराज बराल परिवारलाई भेटी हार्दिक समवेदना व्यक्त गरेका छन् । नेता पौडेलले बराल निवास पोखरा ७, नुवारथोकमा पुगी दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका हुन् ।

सो क्रममा नेता पौडेलले मुलुकको प्रजातान्त्रिक आन्दोलनमा बराल परिवारले पु¥याएको योगदानको स्मरण गर्दै शोकको सो घडीमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी कामनासमेत गरे । काँग्रेसका वरिष्ठ नेता पौडेल सहित राष्ट्रिय सभा सदस्य वृन्दादेवी राना, पूर्व सांसद शारदा पौडेल, काँग्रेस कास्कीका जिल्ला सभापति कृष्ण केसी लगायत नेता तथा कार्यकर्ताले बराल परिवारमा पर्न गएको शोकप्रति समवेदना व्यक्त गरेका छन् ।

यस्तै माओवादी केन्द्र कास्कीका इञ्चार्ज राजकाजी गुरुङ करणको टोलीले पनि शोकमा परेको बराल परिवारलाई भेट गरेको थियो । रेडक्रस कास्कीका पूर्व जिल्ला सदस्यसमेत रहेका पत्रकार बराल भेट्न जिल्ला सभापति डोलराज पाण्डे सहितको पदाधिकारी तथा सदस्यको टोली, अभिभावक संघ कास्कीकोे टोली, नानी शुक स्मृति प्रतिष्ठान, उच्च अदालत बार एशोसिएन, जनप्रिय क्याम्पस, पोखरा बहुमुखी क्याम्पस, पत्रकार, शुभचिन्तक बराल निवास पुगेका थिए ।

अधिवक्ता, प्राध्यापक समेत रहेका प्रेस युनियन कास्कीका पूर्व अध्यक्ष पत्रकार बरालका ममतामयी माता डिलमाया बरालको गत चैत २५ गते स्वर्गारोहण भएको थियो ।

कमेन्टहरु
Loading...