पातन्जल योग समितिको रक्तदानमा ६३ युनिट संकलन

पोखरा, १० चैत /पातन्जल योग समिति नेपाल, गण्डकी प्रदेश र कास्की जिल्ला समितिले संयुक्त आयोजनामा शनिबार पोखरामा भएको रक्तदान कार्यक्रममा ६३ जनाले रगत दान गरेका छन् । महेन्द्रपुलचोकमा आयोजित कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सांसद मीना गुरुङले पहिलो रक्तदाता सपना गुरुङलाई ब्लग ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरिन् ।

पातन्जल योग समितिको रक्तदानमा ६३ युनिट संकलन

सो अवसरमा प्रमुख अतिथि गुरुङले समितिको सल्लाहकारको जिम्मेवारी समेत लिईन् । पतन्जली योग समितिमा वर्षौंदेखि क्रियाशील सदस्यहरुले अब आफ्नै मुलुकमा दर्ता भई छुट्टै रुपमा सञ्चालन गर्ने गरी पातन्जल योग समिति संस्था गठन गरेका हुन् । पतञ्जली योग समितिबाट केही पनि सहयोग नमिल्ने तर यहाँबाट भएका आर्थिक लाभ समेत भारत पठाउनुपर्ने भएपछि आफ्नो मुलुकलाई माया गर्नेहरुले पातञ्जल योग समिति गठन गरेका हुन् ।

सांसद गुरुङले आफूले पातञ्जल योग समितिलाई गर्नुपर्ने सहयोग गर्न सधैं तत्पर रहेको उल्लेख गरिन् । स्वस्थताका लागि योग अनिवार्य भएकाले यसको महत्वबारे नागरिकलाई जानकारी गराउँदै यस्तै सामाजिक गतिविधि गर्दै अघि बढ्न उनको सल्लाह थियो ।

सो अवसरमा सल्लाहकारहरु राजु सुवेदी र रमा श्रेष्ठ, केन्द्रिय सदस्य प्रदीपकुमार श्रेष्ठ, समितिका कास्की जिल्ला अध्यक्ष सुरेश श्रेष्ठले शुभकामना व्यक्त गरे । समितिका गण्डकी प्रदेश महासचिव रश्मी भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका अध्यक्ष लक्ष्मण प्रसाद कोइरालाले स्वागत गरे । कार्यक्रमको सञ्चालन कास्की जिल्ला सचिव कमला गुरुङले गरेकी थिईन् ।

कमेन्टहरु
Loading...