सुर्केमैदान सिर्जनशिल क्लबको अध्यक्षमा राजाराम पौडेल

पोखरा, २५ कात्तिक / सुर्केमैदान सिर्जनशिल क्लब पोखरा महानगरपालिका २८ को अध्यक्षमा राजाराम पौडेल चयन भएका छन् । क्लबको दोस्रो अधिवेशनबाट सर्वसम्मत रुपमा पत्रकारिता क्षेत्रमा समेत क्रियाशिल पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

पौडेल कान्तिपुर पब्लिकेसन्स प्रालि तथा रेडियो अन्नपुर्णमा आवद्ध छन् । उनी चलचित्र पत्रकार संघ कास्कीका उपाध्यक्ष समेत हुन् । नेतृत्व चयन भए पश्चात रोयल ट्रेकको रुपमा परिचित पोखरा २८ कालिकाको पर्यटन प्रवद्धन गर्न क्लब मार्फत गतिविधि बढाउने बताए ।

सम्भावना भएर पनि प्रचार प्रसार र जानकारीको अभावमा ओझेलमा परेको कालिकालाई विभिन्न कार्यक्रमको आयोजना गरेर चिनाउने प्रयास गर्ने उनको प्रतिबद्धता छ ।

दोस्रो अधिवेसनबाट क्लबको निर्वतमान अध्यक्षमा प्रकाश पौडेल, वरिष्ठ उपाध्यक्षमा नवराज पौडेल, उपाध्यक्षमा सुरज पौडेल, सचिवमा इश्वर अधिकारी, सह–सचिवमा रवि पौडेल, कोषाध्यक्षमा दिनेश लामिछाने चयन भएका छन् ।

यसैगरी सदस्यमा लक्ष्मी, पौडेल, विनोद रानाभाट, किरण पौडेल, शुष्मा रानाभाट, शान्ती रानाभाट, प्रदिप अधिकारी, सुदिप पौडेल, दिपक पौडेल र विनोद पौडेल रहेका छन् ।

राजेन्द्र पौडेलको संयोजकत्वमा शुक्रराज अधिकारी र शिवबहादुर भुजेल सदस्य रहेको निर्वाचन मण्डल मार्फत सर्वसम्मत दुई वर्षे कार्यकालका लागि नेतृत्व चयन गरिएको हो ।

क्लब सल्लाहकारमा वैनबहादुर अधिकारी क्षेत्री, राजेन्द्र पौडेल, मनोहरी पौडेल, बुद्धिराज बराल, युवराज पौडेल तथा प्रेस सल्लाहकारमा माधव बराल र कानूनी सल्लाहकारमा शिवबहादुर भुजेल चयन भए ।

यसअघि

पोखरा २८ कालिकामा अवस्थित सिद्ध आधारभुत विद्यालयमा आयोजित उद्धघाटन सत्रमा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति कास्कीका प्रमुख वैनबहादुर क्षेत्रीले क्लबले गर्ने हरेक गतिविधिमा साथ दिने बताए । महानगर भएर पनि त्यसको अनुभुती गर्न नपाएको गुनासो स्थानियले गर्ने गरेको भन्दै सबैका गुनासो विस्तारै हल भएर जाने विश्वास उनले दिलाए ।

विशिष्ट अतिथि नेपाली काग्रेस कास्कीका सभापती कृष्ण केसीले राम्रो काममा सबै एकढिक्का हुनुपर्ने बताए । क्लबका हरेक कार्यक्रममा साथ र सर्मथन आफ्नो तर्फबाट हुने उनको भनाइ थियो । पोखरा २८ का वडाध्यक्ष निर्मल दियाली सुनारले पोखरा २८ का विभिन्न ठाउँलाई जोड्ने सडक पुर्वाधारको निर्माण कार्य भइरहेको बताए । क्लवले गर्ने सामाजिक कार्यमा वडाको तर्फबाट सदैव साथ रहने दियालीको भनाइ थियो ।

क्लब अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा भएको उद्घाटन सत्रमा सल्लाहकार राजेन्द्र पौडेल, वरिष्ठ उपाध्यक्ष माधव बराल, सचिव इश्वर अधिकारी, शोभाखर घिमिरे लगायतले बोलेका थिए ।

कमेन्टहरु
Loading...