निर्माण व्यवसायी समिति निर्माणले १५ सय र टानले १ सय मजदुरलाई राहत वितरण

पोखरा, १४ वैशाख / निर्माण व्यवसायी समिति पोखराले निर्माणमा संलग्न मजदुरलाई आइतबार देखी राहत वितरण शुरु गरेको छ । समिति अन्तरगत रहेका एक हजार पाँच सय जना मजदुरलाई राहत वितरण शुरु गरेको हो । पहिलो चरणमा आइतबार चार सय मजदुरलाई राहत वितरण गरिएको छ ।

समितिले करीब २२ लाख बराबरको राहत वितरण गर्ने निर्माण व्यवसायी समिति पोखराका अध्यक्ष नारायण गुरुङले जानकारी दिए । समितिले सामाजिक उत्तरदायित्व अन्तर्गत निर्माणमा संलग्न मजदुरलाई सहयोग गरेको अध्यक्ष गुरुङले बताए ।

समितिले एक जना मजदुरलाई राहत स्वरुप १५ केजी चामल, २ केजी चना, एक केजी नुन, एक लिटर तेल र एक पोका सोयाविन वितरण गरेको उनले बताए । समितिले पोखरा महानगरपालिकाको विपद् व्यवस्थापन कोषमा समेत एक लाख एक हजार पाँच सय रुपैया प्रदान गरेको छ । राहत पाए पछि कामदारहरु खुसि देखिन्थे ।

यसअघि समितिले चैत २० गते पोखरा ३१ बेगनास माझथरमा रहेका २५ परिवारलाई करीब १ लाख बराबरको खाद्यान्न सहयोग गरेको थियो ।

त्यसै गरि टे«किङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) पोखराले ट्रेकिङ मजदुरहरुलाई राहत वितरण गरेको छ । टानले करिब १ सय जना मजदुरहरुलाई राहत सहयोग वितरण गरेको टान पोखराका अध्यक्ष हरि भुजेलले जानकारी दिए ।

उनले टे«किङ मजदुरहरु दैनिक ज्यालादारी भएकाले अप्ठेरोमा परेको बताए । पर्यटन क्षेत्रमा काम गर्ने अरु कामदारहरु तलबमा हुने भएपनि टे«किङ मजदुरहरु दैनिक ज्यालादारी हुने उनले बताए । टे«किङ क्षेत्रमा काम गर्ने करिब १५ सय मजदुरहरु रहेको उनले बताए ।

कमेन्टहरु
Loading...