राँगाले हान्दा कास्कीमा एक घाइते, गोली प्रहार गरी रागो मारियो

पोखरा, २७ पुस /कास्कीमा राँगाले सिंले हान्दा एक जना गम्भीर घाइते भएका छन् ।  राँगाले सिंगले हान्दा कास्कीको मादी गाउँपालिका ११ स्थित सैमराङका ४९ वर्षिय भिम बहादुर काफ्ले घाइते भएका हुन् ।

बिहीबार बिहान स्थानीय बिष्णु प्रसाद काफ्लेले पालेको राँगाले काफ्लेलाई घाईते बनाएको हो । गम्भीर घाइते भएका काफ्लेको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

राँगालाई नियन्त्रणमा लिनको १ राउण्ड गोली प्रहार गरिएको प्रहरीले जानकारी दिएको छ । गोली प्रहार पछी रागो मरेको छ ।

कमेन्टहरु
Loading...