‘स्वास्थ्यकर्मीहरुले जानाजान मानिसको ज्यान लिँदैनन्’

पोखरा, १५ असोज/रेडियोलोजी पेशामा आवद्ध पोखराका स्वास्थ्यकर्मीहरुको साझ संस्था टिम रेडियोलोजीले शनिबार विजया दशमी, शुभ दीपावली, छठ लगायतका चाडहरुको अवसरमा शुभकामना आदन प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा डा. श्यामसुन्दर पराजुलीले सम्पूर्ण स्वास्थ्यकर्मीहरु पेशागत हकहीतका सवालमा एकजुट हुनुपर्नेमा जोड दिए । त्यसै गरी पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका रेडियोलोजी विभागका इञ्चार्ज शारदाप्रसाद न्यौपाने स्वास्थ्य क्षेत्रका विकृति विसंगतिलाई नैतिक हिसाबले मात्र निर्मुल पार्न सकिने बताए ।

त्यसै गरी स्वास्थ्यकर्मी संघ कास्कीका अध्यक्ष उदयकान्त तिवारीले स्वास्थ्य क्षेत्रका तमाम समस्याहरु ह्ल गर्न सम्पूर्ण स्वास्थ्यकर्मीहरु एक जुट हुनुको विकल्प नरहेको बताए । त्यस्तै रेडियोग्राफर कृष्ण केसीले स्वास्थ्यकर्मीहरुले जानाजान कसैको ज्यान नलिने बताउँदै बिरामीको ज्यान जाँदा स्वास्थ्यकर्मीहरुमाथि हुने दुव्र्यवहारको निन्दा समेत गरे ।

कार्यक्रममा अर्का रेडियोग्राफर विमल क्षेत्रीले उपस्थीत सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा पोखराका विभिन्न अस्पताहरुमा कार्यरत चार दर्जन रेडियोलोजी पेशामा आवद्ध स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो । कार्यक्रम संयोजक ईश्वरी क्षेत्रीको अध्यक्षता तथा सदस्य अर्जुन बाँस्तोलाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कमेन्टहरु
Loading...