राधा कृष्ण मन्दिरको अध्यक्षमा पुन पौडेल

पोखरा , २७ असोज/नर्वदेश्वर तथा राधा कृष्ण मन्दिर पोखरा २५ हेमजाको १६ औ साधारण सभा तथा सातौ अधिबेशन आइतबार सम्पन्न भएको छ । सभाले निलकण्ठ पौडेलको अध्यक्षतामा ३ बर्षको लागी नयाँ कार्य समिति सर्बसमत चयन गरेको छ ।

समितिको उपाध्यक्षा शान्ता बानियाँ, सचिबमा तिलिक तिम्सिना, सहसचिबमा झङ्कनाथ तिम्सिना, कोषाध्यक्षमा बिष्णु अधिकारी चयन भएका छन । अन्य सदस्यहरुमा नारायण तिम्सिना, टिकाराम तिम्सिना, दानबहादुर थापा र पुजारी केसब गिरि रहेका छन ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा न. २५ का वढा सदस्य जितबहादुर कार्कीले शफल्ताको शुभकामना दिदै सेवा नै धर्म भएको र सबै धर्मको सार एउटै भएको बताए । कार्यक्रममा बिष्णुपादुका माइस्थान धार्मिक क्षेत्र बिकास समितिका अध्यक्ष चुणमणी तिम्सिना, समाजसेवी भिमप्रसाद श्रेष्ठ, शिबकुमार श्रेष्ठ, बिष्याु अधिकारी, खिम ब. थापा, कृष्ण ब. थापा र शान्ता मञ्जरी लगाएतले बोलेका थिए ।

समितिका सदस्य दान ब. थापाले स्वगत गरि सुरु गरेको कार्यक्रममा समासेवी एवं शिक्ष जगत थापा, शान्ति आमा समुह र राधा कृष्ण आमा समुहलाई सम्मान गरिएको थियो ।समितिका अध्यक्ष निलकण्ठ पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिब तिलक प्रसाद तिमिल्सिनाले गरेका थिए ।

कमेन्टहरु
Loading...