रविन्द्रलाई राम मन्दिर संचालक समितिको सम्मान

पोखरा, ३ माघ /पोखरा लेखनाथ महानगरपालिका वडा नं. १७ स्थित राम मन्दिर संचालक समितिद्धारा कास्की निर्वाचन क्षेत्र नं.२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद रविन्द्र अधिकारीलाई सम्मान गरिएकोछ । मन्दिर हातामा नवनिर्मित सभा हलमा आयोजित कार्यक्रममा संञ्चालक समितिका अध्यक्ष लिलाभक्त आचार्यले नवनिर्वाचीत सांसद अधिकारीलाई फुलमाला र दोसल्लाले सम्मान गर्नुभएको हो ।

कार्यक्रमा बोल्दै निवर्तमान विकास समितिक सभापति समेत रहनु भएका सांसद अधिकारीले यस क्षेत्रका धार्मिक क्षेत्रलाई जोडेर आन्तिरिक एवम् वाह्रय पर्यटक प्रवद्र्धनमा जोड दिइनु पर्ने बताउनु भयो । धार्मिक क्षेत्रको अम्दानी तथा विकास निर्माणमा विनियोजीत बजेटको सहि सदुपयोग हुनु पर्ने बताउँदै उहाँले पोखरा र यस क्षेत्रमा रहेका धार्मिक धरोहरको संरक्षण र विकास निर्माणका लागि बृहत गुरुयोजना बनाएर आडि बढ्नु पर्नेमा जोड दिनुभयो ।

पोखराको दक्षिणी भेगस्थित फुस्रेखोला माथि दम्सादीमा निर्माण गरिने पक्कि पुल मुलुककै १० मध्ये एक नमुना पुल भएको बताउँदै उहाँले भन्नुभयो पुल निर्माणसंगै वडा नं. ३३ र २१ साथै छिमेकी जिल्ला तनहुँ, स्याङजाका जनतालाई आवत जावतमा प्रत्येक्ष सुविधा पुग्नेछ । पोखरा लेखनाथ १७ का वडाध्यक्ष तिर्थ अधिकारीले महानगरपालिकाले ढल व्यवस्थापनको लागि ५० लाख बजेट विनियोजन गरेको जानकारी दिदै तल्लो भागबाट काम शुरु गरिने बताउनु भयो ।

मन्दिर संचालक समितिका अध्यक्ष लिलाभक्त आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रुद्र बराल, नेकपा एमाले १७ अध्यक्ष सुभाष ढुङगाना, रामप्रसाद श्रेष्ठ, गिता सुवेदी, दुर्गा बहादुर बराल, पुण्डरी बराल लगायतले धार्मिक क्षेत्र तथा स्थानीय सदस्याका बारेमा बोल्नु भएको थियो ।

कमेन्टहरु
Loading...