Ganthan News Pokhara
All news from Pokhara & around

रवीन्द्रको काज किरिया मंगलबार सकिँदै

0

पोखरा, २० फागुन/ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको काजकिरिया मंगलबार ७ औं दिनमा सकिँदै छ । जन्म र मृत्युका हाम्रा संस्कारलाई समय अनुकुल बनाउनुपर्छ भन्ने अधिकारीको सोंच र इच्छा अनुसार उहाँको परिवारले ७ दिनमा काजकिरिया सक्न लागेको हो ।

अधिकारीको शवयात्रामा सहभागी र श्रद्धाञ्जली अर्पण गर्न प्रदर्शनी केन्द्र तथा रामघाटमा आउनु हुने सबैलाई मालेपाटनस्थित जनप्रियटोलमा मंगलबार दिनभर नै काजकिरिया समापनमा सहभागी हुन अधिकारी परिवारले आग्रह गरेको छ ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टी नेकपाले अधिकारीको ७ औं दिनको पुण्य तिथिमा बिहान ८ बजे अधिकारी निवासमै श्रद्धाञ्जली सभा गर्ने भएको छ ।

मन्त्री अधिकारीको फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो । दुर्घटनामा अधिकारीसहित ७ जनाको निधन भएपछि सरकारले फागुन १६ गते राष्ट्रिय शोक घोषणा गरी सार्वजनिक बिदा दिएको थियो ।

अधिकारीको राजकीय सम्मानमा साथ पोखराको सेतीनदी किनार रामघाटमा फागुन १७ गते अन्त्येष्टि गरिएको थियो । अन्त्येष्टि गर्नु अघि श्रद्धाञ्जली अर्पणका लागि अधिकारीको शव काठमाडौंको टुडिखेल र पोखराको प्रदर्शनी केन्द्रमा राखिएको थियो ।

अरु सम्बन्धित खबरहरु