रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान शनिबार घोषणा हुने

59

पोखरा, १७ जेठ /स्वर्गिय रबिन्द्र अधिकारीको नाममा स्थापना गर्न लागिएको रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको शनिबार औपचारिक घोषणा गरिने भएको छ ।पोखरा सभागृहमा जेठ १८ गते शनिबार एक कार्यक्रम गरि प्रतिष्ठानको औपचारिक घोषणा गर्न लागिएको बिहीबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराईएको हो ।प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा प्रतिष्ठानको औपचारिक घोषणा गरिने आयोजकले जनाकारी गराएको छ ।

रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान शनिबार घोषणा हुने

पत्रकार सम्मेलनमा वोल्दै रवीन्द्र अधिकारीकी धर्मपत्नी एवं प्रतिष्ठानका तदर्थ समिति अध्यक्ष विद्या भट्टराईले स्वर्गीय अधिकारीले राष्ट्रलाई पु¥याएको योगदानको कदर गर्दै अधिकारीलाई चिरस्थायी बनाउन स्मृति प्रतिष्ठान स्थापना गर्न लागिएको बताइन । राज्यलाई अनुसनधानात्मक काममा सहयोगको लागि प्रतिष्ठान सधैं लागिरहने उनको भनाई छ । मानव स्रोत संशाधनको विकास गरी सिप तथा अनुसन्धानमुलक काम गर्न प्रतिष्ठान लागिरहने उनले जानकारी दिईन् ।

प्रतिष्ठानका महासचिव धनराज आचार्यले प्रतिष्ठान गैर नाफामुलक संस्था रहेको र यसमा ३ किसिमका सदस्यता रहने जानकारी दिए ।साधारण सदस्यको लागि ५ सय रुपैयाँ, आजीवन सदस्यको लागि ५ हजार रुपैयाँ रहनेछ । जसमा ३ हजार ५ सय रुपैयाँ सहयोग रहनेछ । विशिष्ट सदस्यको लागि १ लाख रुपैयाँ शुल्क लाग्ने पनि आचार्यले बताए । प्रतिष्ठानका उपाध्यक्ष तथा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले अन्य प्रतिष्ठान भन्दा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान फरक रहने बताए ।

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...