रवीन्द्र अधिकारीको घरमा समबेदना दिन हजारौ, विकास प्रेमि नेता गुमाएकोमा दुःख व्यक्त

सागर राज तिमिल्सिना
पोखरा, २० फागुन /हेलिकोप्टर दुर्घटनामा परि निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई श्रद्धाञ्जली व्यक्त गर्नेहरुले विकास प्रेमि नेता गुमाएको भन्दै समबेदना लेखेका छन् । रवीन्द्र अधिकारीको पोखरा ५ मालेपाटनमा रहेको घरमा उनका परिवारलाई समबेदना दिन र अधिकारीलाई श्रद्धाञ्जली दिन आउने धेरैले विकास प्रेमी नेता गुमाउनु परेकोमा दुःख व्यक्त गरेका छन् ।

गायिका हरिदेबी कोइराला, पदमराज ढकाल, मनकुमार श्रेष्ठ, नवराज बराल लगाएतकाले समबेदना दिदै लेखेका छन् । – ‘युवाहरुका ढुकढुकी कलाकारहरुको प्रेरण, विकासका पहरेदार रवीन्द्र अधिकारी प्रति भावपुर्ण श्रद्धाञ्जली अपर्ण गर्दछौ । तपाईले देखाउनु भएको बाटोमा सधै लाग्ने प्रण गर्दछौ ।’

रवीन्द्र अधिकारीको घरमा समबेदना
रवीन्द्र अधिकारीको घरमा समबेदना

त्यसै गरी नेपाल रेडक्रस सोसाइटी कास्कीले पुर्व अध्यक्ष बामदेव ढुङगाना, उपाध्यक्ष डण्डराज पौडेल लगाएतले ‘नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरीक उड्ययन मन्त्री अति इमान्दार, छविका नेता, विगतमा जुनियर रेडक्रस सर्कलको नेतृत्व गरी रेडक्रस अभियानलाई सदैव उर्जाथप्ने माननिय रवीन्द्र अधिकारीको अपुरणीय क्षती भएको छ ।’ समबेदनामा लेखेका छन् ।

त्यसै गरि गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवर मन्त्री अधिकारले समवेदना प्रकट गरेका छन् । अधिकारीकी धर्मपत्नी विद्या अधिकारी, छोरा स्वराजसँग छोटो कुराकानी गर्दै प्रदेश प्रमुख कुँवरले शोकाकुल सबै परिवारजनलाई समवेदना प्रकट गरेका थिए । प्रदेश प्रमुख कुँवरले मन्त्री अधिकारीको निधनले परिवार, समाज, प्रदेश र पूरै मुलकुलाई अपुरणिय क्षती भएकाले समग्र देशलाई नै स्तब्ध बनाएको बताएका छन् ।

‘रविन्द्र अर्थात रवि (आदित्य) प्रज्वलित प्रकाश छर्ने वाला जसले आफ्नो राजनैतिक जीवनभर जनकल्याणको लागि काम गरे । बहालवाला मन्त्री छँदा अकालमै उहाँको निधन हुँदा म अत्यन्त मर्माहत भएको छु’ प्रदेश प्रमुख कुँवरले शोक पुस्तिकामा लेखेका छन्,‘माता पिता तथा मातृभूमिले एउटा सुपुत्र गुमाएको छ । जनताले एउटा सुयोग्य नेता गुमाएको छ ।’

रवीन्द्र अधिकारीको घरमा समबेदना
हार्दिक श्रद्धाञ्जली समबेदना शोकपुस्तिका

‘मेरो भाईजस्तै मलाई सँधै दाजु बनेर बोलाउने स्नेही र सँधै प्रशन्न रहने उच्च व्यक्तित्व कहिलेकँही पवित्र कोखबाट जन्मने गर्छन् । धन्य छ त्यो पवित्र कोख जसले यस्तो ओजस्वी नागरिक, नेता मातृभूमिलाई दिएको थियो । बिडम्बना दैवको क्रुर प्रहार यस्तो व्यक्तित्वलाई हामीबाट चुडेर लग्यो’ प्रदेश प्रमुख कुँवरले शोक पुस्तिकामा उल्लेख गरेका छन् ।

‘म ईश्वरसँग यही प्राथना गर्दछु दिवंगत आत्माको बैकुण्ठ वास होस् । शोकाकुल परिवारजन सबैप्रति र समस्त प्रदेशवासी दाजुभाई दिदी बहिनीहरुलई यस दुःखद घडीको यो पीडा सहन सक्ने शक्ति भगवानले प्रदान गरुन्’ प्रदेश प्रमुख कुँवरले शोक पुस्तिकामा आफ्नो कुरा टुंग्याउँदै लेखका छन्,‘स्व. रविन्द्र मेरो भाई एवं मन्त्रीप्रति हार्दिक श्रद्धाञ्जली ज्ञापन गर्दछु ।’

हार्दिक श्रद्धाञ्जली समबेदना शोकपुस्तिका
हार्दिक श्रद्धाञ्जली समबेदना शोकपुस्तिका

समबेदना र श्रद्धाञ्जली दिन दैनिक हजारौ जना घरमा आएको अनेरास्ववियु कास्कीका अध्यक्ष शेखर गौतमले जानकारी दिए । उनले दैनिक १० हजार भन्दा बढि श्रद्धाञ्जली दिन आएको बताए । धेरैले विकास प्रेमी नेताका रुपमा अधिकारीको स्मरण गर्दै निधनले राष्ट्रलाई अपुरणीय क्षति भएको बताएका छन् । विकासमा यो वा त्यो नभनी सबैलाई मिलाएर लैजान सक्ने क्षमता अधिकारीमा रहेको उल्लेख गरका छन् ।

कमेन्टहरु
Loading...