नाट्टा गण्डकी प्रदेशद्वारा गहिरो दुःख व्यक्त

पोखरा, १७ फागुन/नाट्टा गण्डकी प्रदेशले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा भएको अकल्पनीय र असामयिक निधनले अत्यन्त मर्माहत र स्तब्ध भएको जनाउँदै गहिरो दुःख व्यक्त गरेको छ ।

नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सन्तोष पोख्रेलले बिहीबार शोक विज्ञप्ति जारी गर्दै दुर्घटनामा मन्त्री अधिकारीसँगै पर्यटन उद्यमी, राष्ट्रसेवक कर्मचारी र हेलिकोप्टर चालकको निधनले मुलुकलाई ठूलो क्षति भएको उल्लेख गरेका छन् ।

‘पोखरा महानगरपालिका वडा नम्बर ३३ (साविक भरतपोखरी गाविस) मा जन्मेर विद्यार्थी आन्दोलनबाटै अब्बल र काबिल राजनीतिकर्मीका रुपमा स्थापित अधिकारी विकासप्रेमी, भरोसायोग्य, दूरदर्शी र उज्ज्वल नक्षत्र भएको विज्ञप्तीमा उल्लेख छ ।

छोटो समयमा पर्यटन प्रबद्र्धन र बिकासमा अनुभुत गर्न सक्ने परिणाममुखि काम गर्न सफल गण्डकी प्रदेशकै नक्षत्रको रुपमा परिचित व्यक्तित्व मन्त्रि अधिकारी,बरिष्ट पर्यटन व्यबसायी आङ्ग छिरिङ्ग शेर्पा र नेपाल सरकारका राष्ट्रसेवक कर्मचारीहरुको अप्रत्याशित निधनबाट समग्र पर्यटन क्षेत्र र मुलुकले अपुरणिय क्षति व्यहोर्न परेको छ विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तिमा यस पीडादायी दुखद् घडीमा उहाँको आत्माको चीर शान्तिको कामनासहित हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवार र आफन्तजनमा समवेदना प्रकट गरेको छ ।

कमेन्टहरु
Loading...