मन्त्री रवीन्द्र अधिकारीको काजकिरिया ७ दिनमै

पोखरा, १७ फागुन /हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको काजकिरिया ७ दिनमा सक्ने तयारी गरिएको छ । प्रदर्शनी केन्द्र स्थित श्रद्धाञ्जली सभामा अधिकारीका साथी धनराज आचार्यले काज किरिया ७ दिनमै टुंगिने बताएका हुन् ।

मन्त्री अधिकारीले धर्म संस्कार र परम्परालाई समय अनुसार परिवर्तन गर्दै जानुपर्छ भन्ने धारणा राख्दै आएको र काजकिरियालाई ७ दिन कायम गरेर देशभर लागू गर्नुपर्छ भन्ने सोच राखेको आचार्यले बताए । त्यसैले अधिकारीकी धर्मपत्नी विद्या, बुबा आमा, दुई भाइसँग सल्लाह गरेर काजकिरिया ७ दिन गर्ने निर्णय गरिएको उनले बताए ।

उनका अनुसार अधिकारीको काजकिरिया फागुन २१ गते सकिनेछ । पोखराको प्रदर्शनी केन्द्रमा श्रद्धाञ्जलीका लागि शव राखेपछि आजै उनको पोखराको सेती नदीको रामघाटमा राजकीय सम्मानका साथ अधिकारीको अन्त्यष्टी गरिएको हो ।

कमेन्टहरु
Loading...