रविन्द्र प्रतिष्ठान दलको भातृ संगठन जस्तो हुनुहुदैन

पोखरा ४ साउन/रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानलाई राजनीतिक दलको भातृ संगठनको रुपमा सञ्च्ँँलन गर्न नहुनेमा सरोकारवालाले चासो राखेका छन । पोखरामा शनिबार बसेको प्रतिष्ठान सल्लाहकार परिषदको वैठकमा वोल्दैै सदस्यहरुले यसलाई बृहत परिधिमा लैजानुपर्ने बताएका छन ।

प्रतिष्ठान सल्लाहकार एवंम गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतिष्ठानलाई पार्टीको भातृ सस्था जस्तो गरी सञ्चालन गर्न नहुने बताए । प्रतिष्ठानलाई आर्थिक, समाजिक र राजनितिक क्षेत्रमा निश्चित कार्यक्षेत्र तोकेर अगाडि बढ्न उनले सुझाव दिए ।

“कहिलेकाही कम्युनिष्ट राजनितिको बारेमा अन्तरक्रिया गर्ने होला, कहिले युवालाई स्वरोजगार मुलक तालिम दिनुपर्ने होला” उनले भने “तर हिजोको गुट चलाएजस्तो रविन्द्र प्रतिष्ठान चलाउनु हुदैन ।” प्रतिष्ठान सल्लाहकार एवंम प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रतिष्ठानले तत्काल गर्ने काम भन्दा भविष्य कस्तो हुन्छ, त्यो महत्वपुर्ण हुने बताए ।

नेकपा स्थायी समिति सदस्य सोमनाथ प्यासीले वैचारिक क्षेत्र प्रतिष्ठानको मुख्य क्षेत्र हुनुपर्नेमा जोड दिए । स्वार्गीय अधिकारी वैचारिक नेता भएकाले भविष्यमा विचार विमर्शको थलो प्रतिष्ठान हुनुपर्ने उनले बताए । कास्कीका संघीय सांसद खगराज अधिकारीले प्रतिष्ठान पुर्णतय पार्टीको अधिनमा हुनुपर्ने बताए । उनले स्वर्गीय अधिकारीले पार्टीमै जिवन समर्पण गरेकाले पार्टी भन्दा बाहिर रहेको प्रतिष्ठान कल्पना गर्न नसकिने बताए ।

कार्यक्रममा व्यावसायी आनन्द बतास र गणेश बहादुर श्रेष्ठले पार्टीभन्दा बाहिर रहेका स्वर्गीय अधिकारीका शुभचिन्तकले प्रतिष्ठानमा रहेर काम गर्न पाउनुपर्ने बताएका थिए । रविन्द्र अधिकारी प्रतिष्ठानका अध्यक्ष विद्या भट्टराई अधिकारीले सवै क्षेत्रबाट प्रतिष्ठानमा बसेर काम गर्ने पाउनुपर्ने आग्रह आइरहेकाले सवैलाई समेट्ने प्रयास आफुहरुको हुने बताइन् ।

व्यावसायी बतासले आफ्नो र अटोवेज प्रालिका प्रमुख नारायाण पौडैलको तर्फबाट प्रतिष्ठानलाई पाच/पाच लाख रुपैया सहयोग गर्ने घोषणा गरेका थिए । हाललाई प्रतिष्ठानको केन्द्रिय कार्यलाय पोखरा र काठमाडौमा सम्पर्क कार्यलाय राखिने प्रतिष्ठानले जनाएको छ ।

कमेन्टहरु
Loading...