मन्त्री रबीन्द्र अधिकारीको अन्त्यष्टी पोखरामै हुने यस्तो छ तयारी

पोखरा, १६ फागुन /हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएका सस्कृती, पर्यटन तथा नागरीक उड्डनमन्त्री रवीन्द्र अधिकारीको अन्त्यष्टी पोखरा शुक्रबार पोखरामा गरिने भएको छ ।

काठमाण्डौं श्रद्धाञ्जली दिए पछि पोखरामा १२ बजे ल्याउने कार्यक्रम तय भएको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

उनले पोखरा ल्याए पछि पोखराको प्रर्दशनी केन्द्रमा १२ बजे देखी ४ बजे सम्म श्रद्धाञ्जलीका लागि राखीने छ । त्यसपछि सवयात्रा सहित पोखराको नयाँबजार, महेन्द्रपुल, रानीपौवा, हस्पिटल चोक हुदै रामघाट लगिने बताए ।

रामघाटमा नेपाली सेनाको एक टुकडीले सेलामी अर्पण गर्नेछ । श्रद्धाञ्जलीका लागि उपप्रधानमन्त्री, पार्टीका महासचिब सहितका नेताहरु पोखरा आउने कार्यक्रम रहेको छ । गण्डकी प्रदेश सरकारको बिहीबार बसेको बैठकले श्रद्धाञ्जली र सव यात्राका लागि सबै तयारी पुरा भएको जानाकारी दिएको छ ।

मन्त्रिपरिषद्को बैठक पछि गण्डकी प्रदेशका मुख्यमन्त्री र अन्यमन्त्रीहरु अधिकारीका पोखरा ५ मालेपाटनमा रहेको घरमा पुगेर आमा बाबुलाई भेटेका थिए । यस अघि सरकारले अधिकारीलाई राजकीय सम्मानका साथ पोखरामा अन्त्यष्टी गर्ने निर्णय गरिसकेको छ ।

कमेन्टहरु
Loading...