गण्डकी प्रदेश पूर्ण खोप सुनिश्चित गर्ने पहिलो प्रदेश

पोखरा, १४ भदौ/गण्डकी प्रदेश पूर्ण खोप सुनिश्चित गर्ने पहिलो प्रदेश बनेको छ । प्रदेशका ११ वटा जिल्लाका ८५

वटै स्थानीय तहमा १६ देखि २३ महिनासम्मका सम्पूर्ण बालबालिकाले १५ महिनाभित्र पाउनुपर्ने खोप

पाइसकेको सुनिश्चित गरिएको हो ।

खोप सुनिश्चित घोषण समारोहमा गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशका मन्त्री, सदस्य,

स्थानीय तह प्रमुख एवंम प्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी लगायतलाई पूर्ण खोप सुनिश्चित गर्ने सपथ

खुवाएका थिए ।

मुख्य मन्त्री गुरुङले पूर्ण खोपको सुनिश्चित गर्न चुनौतिहरु भए पनि यसलाई पूर्ण रुपमा कार्यान्वयन गर्न प्रदेश

सरकार प्रतिबद्ध रहेको बताए । ‘चुनौतिहरु धेरै छन्,’ उनले भने, ‘तर, पूर्ण खोप दिगोपनको सुनिश्चितताको

लागि प्रतिबद्धता गर्छौ ।’ गण्डकी प्रदेश सबै कुरामा पहिलो हुन चाहेको उनको भनाई थियो । ‘प्राकृतिक रुपमा

नभएका पक्ष बाहेक सबै कुरामा पहिलो हुँदै आएका छौं,’ उनले भने ।

काठमाडौं बाहिरको विकास हेर्न नचाहने केन्द्रको कारण अप्ठ्यारो अवस्था सिर्जना भएको उनले आरोप लगाए ।

‘एउटा सिटिस्क्यान मेसिन नभएर गण्डकी हस्पिटलको हालत कुन अवस्थामा पुगेको छ, उनले भने, ‘गण्डकी

हस्पिटलको समस्या हल गर्छौ भन्दा पनि केन्द्र सरकार मौन छ ।’

संघीय सरकारले कर्मचारी नियुक्त गर्न ढिलाई, नीति नियम निमार्ण गर्न पनि ढिलाई गरेको उनको आरोप छ ।

‘ढिला गरे सरकारलाई नै ढिला हो,’ उनले भने ।

प्रदेश सरकार अहिले कानुन निमार्ण प्रक्रियामा छ, के गर्ने नगर्ने अन्योल रहेको बेला प्रदेश सरकारको

टिकाटिप्पणी गरेकोमा उनले गुनासो गरे । ‘सरकारले गर्ने कामको नीति नियम नै तय भई सकेको छैन,’ उनले

भने, ‘सरकार सरकारको रुपमा काम गर्ने हो भने काम गर्ने अधिकार चाहिन्छ ।’

सामाजिक सञ्जाल र मिडियामा करको मजाक गरेको भन्दै उनले आक्रोश पोखे । ‘मरेको बाख्रामा पनि कर भनेर

मिडियामा समाचार आयो,’ उनले भने, ‘के हामी त्यति मुर्ख छौं ?’ सरकारले करै कर उठायो भनेर नकारात्मक

टिकाटिप्पणी गरेकोमा उनले गुनासो गरे । ‘कर नतिरे कसरी सरकार चल्छ ?’ उनले भने, ‘सरकारमा आउँदा

कसैले आफ्नो पैतृक सम्पत्ति लिएर त आएको हुँदैन ।’

गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवि पुनले एक जना बच्चा पनि खोपबाट बञ्चित नहने साथै पूर्ण

खोपको दिगोपन कायम गर्नु आफूहरुको दायित्व रहेको बताइन् ।

कार्यक्रममा अहोरात्र खटेर जनस्वास्थ्यमा योगदान पु¥याँउने स्वयम सेविकालाई सम्मान समेत गरिएको थियो

कमेन्टहरु
Loading...