पुर्व अध्यक्ष गुरुङको उपचारका लागि ८ लाख रुपैयां आर्थिक सहयोग

पोखरा २८ असार /तत्कालीन आर्थरडाँडाखर्क गाविसका पुर्व अध्यक्ष तथा समाजसेवी गोपाल गुरुङको उपचारमा सहयोगका लागि आर्थरडाँडाखर्क सहयोग समिति हङ्गकङ्ग तथा आर्थरडाँडाखर्क चेलीबेटी समुह हङ्गकङ्गले संयुक्त रुपमा नगद सहयोग प्रदान गरेका छन् ।

लामो समय देखी अस्वस्थ भइ उपचारमा रहेका उनलाई सहयोग स्वरुप नगद ८ लाख १८ हजार १ सय रुपैयाँ सहयोग गरिएको छ । संकलित रकम शनिबार एक कार्यक्रमका विच संस्थाका अध्यक्ष मनोज गुरुङ, सल्लाहकार इन्द्र गुरुङ तथा पुर्व डिएसपी नरबहादुर गुरुङले संयुक्तरुपमा अल्क अस्पताल काठमाडौंमा पुगी हस्तान्तरण गरेकाछन् ।

सो अवसरमा समितिका अध्यक्ष मनोज गुरुङ सहित टोलीले उनलाई शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका थिए । सहयोग रकम बुझे पछी अत्यन्त भावुक हुँदै गोपाल गुरुङले आफुलाई सम्झीएर सहयोग हस्तान्तरण गर्न आफनो निवासमै आएको भन्दै धन्यवाद समेत दिँदै सबैलाइ सामाजीक सेवामा लाग्न आग्रह गरे ।

सो सहयोग रकम संकलन गर्न सतिमिका पुर्व अध्यक्ष श्याम प्रसाद गुरुङ्लाई संयोजक बनाएको थियो । आफ्नो सम्पुर्ण जिवन गाउ र पन्चासेको बिकासमा समर्पित गरेका थिए । विगत ३ बर्ष देखी गम्भीर रोग लागी आफ्नै निवासमा उपचाररत रहेका उनी पन्चासे संरक्षण क्षेत्रको पुर्व अध्यक्ष समेत रहेका थिए ।

लामो समय गाउँको बिकास निर्माण र समाज सेवामा महत्वपुर्ण भुमीका समेत निर्वाह गर्ने व्यक्तीत्वका रुपमा समेत चिनिएका छन् । अहिलेको विकसीत पन्चासे तथा विकसीत आर्थरडाँडाखर्क बनाउँन उनकै महत्वपुर्ण भुमिका रहेको छ ।

कमेन्टहरु
Loading...