पुम्दीकोटमा विशाल महादेवको मुर्ति स्थापना पर्यटन व्यवसायीले सघाउने, भट्टराईद्धारा २ लाख घोषणा

पोखरा २५, पुस/पोखराका पर्यटन व्यवसायीहरुले पुम्दीकोटमा महादेवको विशाल मुर्ति निमार्ण गर्ने अभियानमा सहयोग गर्ने भएका छन । पुम्दीकोट बिशाल महादेव मुर्ति निमार्ण उपभोक्ता एवं पर्यटन प्रवद्र्धन समितिले सोमबार नेपाल पर्यटन वोर्ड पोखराको कार्यालयमा आयोजना गरेको पर्यटन व्यवसायीहरु बिचको छलफल तथा अन्र्तरकृया कार्यक्रममा वोल्ने पोखराका पर्यटन व्यवसायीहरुले समितिले थालेको अभियानले पोखराको पर्यटनसंग जोडिएकोले उक्त अभियानलाई आफुहरुले पनि सहयोग गर्ने वचन दिएका हुन ।

महादेवको मुर्ति सहित पर्यटकीय भौतिक संरचना निमार्णले पोखराको पर्यटकहरुको वसाई लम्विनी भएको व्यवसायीहरुले बताएका हुन । विश्व शान्ति स्तुपा सहित, भुजेल, गुरुङ लगायतका होम स्टे सहितका कार्यक्रमहरुलाई एकै साथ अघि बढायर धार्मिक एवं पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने अभियानमा स्थानीयहरु अग्रसर भएकोमा खुसि व्यत्त गर्दै व्यवसायीहरुले व्यवसायीक ढंगले भौतिक संरचना देखि बजारीकरणमा आफुहरुले दिलो ज्यान दियर सयहोग गर्ने वचन दिएका हुन।

पश्चिमाञ्चल क्षेत्रिय प्रशासक खगराज बरालले पोखरामा अन्तराष्ट्रिय विमान्स्थल निमार्ण हुदै गरेकोले पुम्दीकोटामा ५० फिट अग्लो सम्मको महादेवको मुर्ति निमार्ण हुन सक्ने बताए । रातिमा पनि धार्मिक पर्यटकहरुको वसाई लम्वाउने गरी आरती लगाउने जस्ता कार्यक्रमहरु समेत संचालनको तयारी गर्न उनले आग्रह गरे । नेपाल राष्ट्र बैंकका पुर्व गर्भरनर दिपेन्द्र बहादुर क्षत्रिले असिना र चट्टान पर्ने सो क्ष्ोत्रमा प्राविधिक हिसावले राम्रोसंग ख्याल गरेर काम गर्न आग्रह गर्दै गरे । ऐतिहासिक ठाँउ भएकोले पनि त्यहाँको आर्थिक विकासका यस्तो भौतिक संरचनाले धेरै सहयोग पुग्ने उनले बताए ।

पोखरा आउने उच्च पदस्थ व्यक्तिलाई पुम्दीकोट सम्म लैजानको लागि हेलिप्याडको व्याबस्था मिलाउन आग्रह गरे । नेपाल पर्यटन वोर्ड पश्चिमाञ्चल क्षेत्रिय कार्यालय पोखराका प्रमुख उदय भट्टराईले नेपालको पर्यटन प्राकृतिक र संस्कृतिमा मात्र रुमलिएकोले मानव निर्मीत पर्यटकीय गतिविधि कम भएको बताए । पोखरा पर्यटन परिषदका अध्यक्ष सोम थापाले पोखरा क्षेत्रमा करीब एक दशक भित्रको समयमा मानव निर्मीत पर्यटकीय गन्तव्य नभएको अबस्थामा महादेश सहितको पर्यटकीय गन्तव्यहरु निमार्ण हुन लागेको बताए ।

विश्व शान्ति स्तुपाः संगै जोडेर महादेवको मुर्ति सहितका अन्य पर्यटकीय गतिविधिहरु निमार्ण गर्न उनले आग्रह गरे । उनले भने“ पोखराको राम्रो पर्यटकीय गन्तव्य पुम्दीकोट क्षेत्र भएकोले सो क्षेत्रमा निमार्ण हुन लागेको महादेवको मुर्ति सहितको अन्य सरंचना निमार्णमा हाम्रो गक्ष अनुसारको सहयोग हुनेछ। ” पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरतराज पराजुलीले पोखरामा पर्यटकहरुको आगमन भए पनि यहाँ पर्यटकीय गतिविधिहरु कमि भएको तथा मानव निर्मीत पर्यटकीय गतिविधि न्युन भएको बताए । हिन्दु र बौद्ध धर्मसंग जोडेर अनौठा मानव निर्मीत भौतीक संरचना निमार्ण गर्न सके पोखराको पर्यटन वसाई लम्वाउनमा सहयोग पुग्ने जनाए । समितिको महानकार्यमा आफुहरुको क्षेत्रबाट साथ र सहयोग हुने उनले बताए ।

नेपाल पर्यटन वोर्डका पुर्व सदस्य एंव पर्यटन व्यवसायी गणेश बहादुर भट्टराईले समितिको अभियानमा आफ्ना बाबु रत्न बहादुर भट्टराइ र हजुरबाबु डिस्टा भक्तबहादुर भट्टराइको स्मृतिमा जनहि एक लाख एक हजार एक सय ११ रुपैया दिने उद्घोष गरे । पुम्दीकोटको डाँडा क्षेत्रमा ठुलो भौतिक संरचना निमार्ण हुन लागेकोले प्राविधिक हिसावले सुझवुझका साथ निमार्ण कार्यमा ध्यान दिन आग्रह गर्दै भट्टराईले स्थानीयहरु अग्रसर भएर लागेको अभियानमा पैसाको कारणले नरोकिने समेत दाबी गरे । नेपाल पर्यटन वोर्डका पुर्व सदस्य एंव पर्यटन व्यवसायी वासु त्रिपाठीले पुम्दीकोट दृश्यावलोकनको उत्कृष्ट गन्तव्य भएकोले त्यहाँ निमार्ण हुन लागेको महादेवको मुर्तिले भारतीय मात्र नभई युरोपीयन मुलका पर्यटकहरुको समेत आकषर्णको केन्द्र वन्ने दाबी गरे । संस्कृतिक र धर्मसंग जोडेर पनि पर्यटन प्रवद्र्धन गर्न सकिने उनले बताए ।

टान पश्चिमाञ्चल पोखराका अध्यक्ष दिपक अधिकारीले विश्वकै उत्कृष्ट हिन्दुहरुको पुस्तकालय समेत स्थापना गर्न आग्रह गर्दै पन्चासे जाने रुट समेत पुम्दीकोट हुदै लैजान सकिने बताए । पर्यटकहरुको वसाई लम्वाउन एक दिने हाईकिङ गराउन पुम्दी क्षेत्रलाई समेटन सकिने उनले बताए । नाट्टा क्षेत्रिय संघ पोखराका उपाध्यक्ष संजयकान्त सिग्देलले पर्यटकहरुलाइ भुलाउने ढंगले धेरै कलात्मक ढंगका संरचना निमार्ण गर्न आग्रह गरे । उनले भने “हामी ट्राभल व्यवसायीहरुबाट उक्त भौतिक संरचनामा हाम्रो साथ र सहयोग रहने छ । ” ईन्जिनीयर बाबुराम बरालले प्राविधिक हिसावले सवै प्रकृया पुरा गरी महादेशको मुर्ति सहितका केहि भौतिक संरचनाको निमार्ण कार्य अघि बढेको बताए ।

धार्मिक तथा पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पोखराको पुम्दीकोटमा महादेवको विशाल मुर्ति सहितको भौतिक संरचना निमार्णको अभियामना आफुहरु जुटेको समितिका संयोजक चन्द्रकान्त बरालले बताए । पुम्दीकोटको बृहत योजना ५ बर्षको भएको बताएका संयोजक बरालले उक्त प्रोजेक्ट सफल पार्न करीब २१ करोड लागत हुने जनाए। पुम्दीकोटको उक्त योजनालाई सफल पार्न नेपाल सरकार नागरीक उडड्यन तथा पर्यटन मन्त्रालयबाट पहिलो चरणमा २० लाख रुपैया विजियोजन समेत गरेको संयोजक बरालले जनाए ।

मुर्तिको वरिपरि १ सय ८ शिव लिङग् निमार्ण गर्ने र मुर्तिलाई डाई मार्फत गणेशले परिक्रमा गरिरहने सहितको मुर्ति निमार्ण गर्ने, ध्यान केन्द्र निमार्ण गर्ने, स्मृति पार्क निमार्ण गर्ने, शहिद स्मारक पार्क लगायतका योजनाहरु रहेको बरालले जनाए । १८ रोपनी क्ष्ोत्रफल रहेको जुन क्षेत्रबाट माछापुच्छे«े, अन्नपुर्ण सहितका हिमश्रृखला, फेवाताल, पोखरा, सराङकोट, विश्वशान्ति स्तुपा, वन जंगल लगायतका क्षेत्रहरु देख्न सकिने भएकोले हाल पर्यटकहरुको आगमन बढेको समितिका सल्लाहकार राम्जी बराल जिवनले बताए । समितिका संयोजक बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा समाजसेवि लिलाभक्त आचार्य, परिषदका सचिव रामु गौतम, नेपाल राष्ट्रिय परोपकार महासंघका कोषाध्यक्ष विष्णु पौडेल, सचिव प्रकाश बराल लगायले वोलेका थिए ।

कमेन्टहरु
Loading...