पब डान्सिङ बोटको बार्षिकोत्सबमा सुस्त मनस्थितिका बालबालिका र बृद्धहरुलाई भोजन

पोखरा १० असोज/ पोखराको पर्यटकीय क्षेत्र लेक साइडको हल्लनचोकमा अवस्थित “पब डान्सिङ बोट” पहिलो बर्ष पुरा गरि दोस्रो बर्षमा प्रवेश गरेको उपलक्षयमा पृथक तरिकाले मनाएको छ ।

पब डान्सिङले दोस्रो बर्षमा प्रवेश गरेको उपलक्षयमा पोखरा १७ महतगौंडा स्थित पोखरा बृद्दाश्रमका करिब ५५ जना जेष्ठ नागरिकहरु र सिद्दार्थ चोकस्थित शिशु स्याहार केन्द्रका करिब ५० जना सुस्त मनस्थितिका बालबालिकाहरुलाई पबको संस्कृति र पबभित्रको वातावरणको अनुभूति दिलाउने उदेश्यले पब परिसर भित्रै सामुहिक खाना, नास्ता, जुस र कोल्ड ड्रिंङक्स को व्यवस्था सहित हाउस ब्याण्डको सांगीतिक प्रस्तुति सहित मनोरन्जनात्मक कार्यक्रमहरु गरि मनाएको डान्सिङ बोटका प्रबन्ध निर्देशक भिष्मराज पौडेलले जानकारी दिएका छन् ।

संघ संस्था र मानिसहरुले आफ्नो जन्मोत्सव मोजमस्ती र खानपिन गरेर मनाउने गरेको बताउदै आफ्नो “संस्थाले यस्ता किसिमको परिपाटीलाई हटाउदै समाजमा रहेका बृद्ध बुवाआमाहरु र सुस्त मनस्थिती भएका बालबच्चाहरुलाई प्रत्यक्ष पबमा ल्याएर मनाउदा उनिहरुको मुहारमा खुशि छाएको”बताउदै आगामी बर्ष पनि भिन्न सामाजिक कार्य गरेर मनाउने प्रतिबद्धता व्यक्त गरे थिए ।

पोखरा र यस क्षेत्रमा घुम्न आउने स्वदेशीतथा बिदेशी पर्यटकहरुलाई लक्षित गरि विभिन्न खानाका परिकार एबं पेय पदार्थहरुको उत्कृस्ट स्वादको साथमा दैनिकलाइभ म्युजिक संगै पारिवारिक बाताबरणमा उत्कृष्ट ग्राहक सेवादिने उदेश्यले स्थापनाभएको पब डान्सिङले आफ्नो उदेश्यअनुरुप नै आफ्ना स्वदेशी सहित विदेशीलाई सेवा प्रदान गरिरहेको छ ।

डान्सिङ बोटले दोस्रो बर्षमा प्रवेशको उपलक्ष्यमा पबमा आउनु हुने ग्राहकहरुलाई सेप्टेम्बर महिनाको अन्त्यसम्म मेनुमा १५ प्रतिशतको बार्षिकोत्सब बिशेष छुट,कम्प्लिमेन्ट्री गिफ्ट भौचर तथा लक्की ड्रका कार्यक्रम पनि संचालन भइरहने कर्पोरेट मेनेजर लेखनाथ पहारीले जानकारी गराएका छन ।

बार्षिकोत्सलाई मध्यनजर गर्दै पब डान्सिङ बोटले नेपाल आइडल सिजन दुइका उपविजेता पोखरेली गायक बिक्रम बराल र उनको ब्याण्ड को सांगीतिक प्रस्तुति शुक्रबार रहने छ, भने नेपाली संगीत क्षेत्रका लेजेण्डरी तथायुवा पुस्तामाझ लोकप्रिय गायक संजय श्रेष्ठ र उहाँको ब्याण्डको बिशेष सांगीतिक प्रस्तुति शनिबार रहने प्रबन्ध निर्देशक भिष्मराज पौडेलले बताएका छन ।

संगितसंगै पारिवारिक बाताबरणमा उत्कृष्ट ग्राहक सेवा प्रदान गर्ने अवधारणा अनुरुप संचालनमा आएको पवमा बेदप्रसाद बराल, बिश्वराज पौडेल, भिष्मराज पौडेल पौडेल, मिनराज पौडेल र दामोदर पौडेलको साझेदारी लगानीमा सञ्चालित छ ।

कमेन्टहरु
Loading...