पोखरा विश्वविद्यालयमा भएका घटनाप्रति काँग्रेस जिल्ला प्रशासनमा

पोखरा, १८ भदौ / नेपाली काँग्रेस पोखरा महानगरपालिका समितिले पोखरा विश्वविद्यालयमा भएको घटनाप्रति

ध्यानाकर्षण भएको जनाएको छ । भदौ ५ गते मङ्गलबार कार्यालय समय बाहिर परीक्षा परिणामलाई

दीर्घकालिन असर पु¥याउने गरी घटना भएको भन्दै ध्यानाकर्षण भएको जनाएको हो ।

समितिको नेतृत्वमा सोमबार कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढालाई ध्यानाकर्षणपत्र

बुझाइएको छ । ध्यानाकर्षणपत्र बुझाउन काँग्रेस पोखरा महानगर समितिका सभापति बजिरमान श्रेष्ठ,

सहसभापति राजेन्द्रमणि लामिछाने, काँग्रेस क्षेत्र नं १ कास्कीका सभापति बृजमान गुरुङ, जिल्ला सदस्य नवीन

सिग्देल, नेपाल महिला संघ पोखरा महानगर सभापति माया बराल, नेवि संघकी केन्द्रीय सदस्य पुनम भट्ट

लगायतको टोली पुगेको थियो ।

ध्यानाकर्षणपत्र लाखौ विद्यार्थीको मेहनत र अभिभावकको लगानीलाई चुनौति दिदै परीक्षासँग सम्वन्धित

परिणाम, प्रश्नपत्र रहेको कम्प्यूटरको हार्डडिक्स ह्याक गरिनु निन्दनिय भएको र पोखरा विश्वविद्यालयको

अस्मितामाथि चुनौति दिन खोजिएको उल्लेख छ ।

ध्यानाकर्षणपत्रमा घटनामा जो कोहि संलग्न रहेको भएपनि खोजी गरी कारवाही गर्न माग गरिएको छ ।

दोषीलाई उन्मुक्ति दिए हामी जस्तो सुकै आन्दोलन गर्न पछि पर्ने छैनौ ध्यानाकर्षणपत्रमा भनिएको – ‘पोखरा

विश्वविद्यालयमा स्वच्छ शैक्षिक वातावरण सृजना गरी उच्च गरिमामय प्राज्ञिक संस्थाको रुपमा स्थापित गर्न

चाहन्छौं।’ यसैवीच, काँग्रेस पोखरा महानगर समितिले सोमबार नै पोखरा विश्वविद्यालयमा समेत ध्यानाकर्षण

पत्र बुझाएको छ । पोखरा विश्वविद्यालयका उपकुलपति डा. चिरञ्जिवि शर्मा र रजिष्टार गोविन्द शर्मालाई

ज्ञापनपत्र बुझाइएको थियो ।

कमेन्टहरु
Loading...