प्रदेश ४ कामुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई दुई तिहाई बहुमत

पोखरा, २५ फागुन /प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ससदबाट दुई तिहाईको बहुमत प्राप्त गरेका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा गुरुङले आफ्नो पक्षमा विश्वासको मत दिन आग्रह गरेपछि उनको पक्षमा ४१ मत परेको छ भने विपक्षमा १७ मत पर्यो।

एमाले र माओवादीको समर्थनबाट गएको फागुन ४ गते मुख्य मन्त्री बनेका गुरुङलाई संसद सभामा राष्ट्रिय जनमोर्चाले समेत समर्थन गरेको छ। जनमोर्चा यस अघि प्रतिपक्षमा थियो। सत्तारुढ दल एमालेको २७ माओवादीको १२ मत थियो भने जनमोर्चाको ३ मत पनि थपिएको छ।
माओवादीबाट सभामुख बनेका नेत्रनाथ अधिकारीले शुक्रबार मत दिएनन्।

विपक्षमा कांग्रेसको १५ र नयाँशक्तिको २ गरि १७ मत परेको छ। प्रदेश ४ मा मनाङबाट स्वतन्त्र सांसद निर्वाचित भएका राजिव गुरुङ दिपक मानाङ्गे भने लगातार अनुपस्थित थिए ।

कमेन्टहरु
Loading...