पोखरा महानगरद्धारा पृथ्वी जयन्ती मनायो, पृथ्वीनारायण शाहको शालिकमा माल्यापर्ण

पोखरा, २७ पुस / आज २९८ औं पृथ्वीजयन्ती । पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस राष्ट्र निर्माता पृथ्वीनरायण शाहको सम्झना गरि मनाइएको छ । पोखरा महागनरपालिकाले पृथ्वीजयन्तीमा पृथ्वीनारायण शाहको शालिकमा मल्यापर्ण सहित उनको चर्चा गरेर मनाएको हो ।

पोखरा महानगपालिका वडा नम्वर १८ मा निर्माण गरेको सहिद तथा विभुती पार्कमा निर्माण गरेको पृथ्वीनारायण शाहको सालिकमा मल्यापर्ण गरेको हो । महानगरले निर्माण गरेको पार्कमा नेपाल एकीकरणका सुत्रधार पृथ्वीनारायण शाहको ६ फिट ३ इन्चको अग्लो पूर्ण कदको सालिक राखिएको छ ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, उपप्रमुख मञ्जुदेवी गुरुङ, वडा नम्वर १८ का अध्यक्ष रणबहादुर थापा, वडा नम्वर ७ का अध्यक्ष रामचन्द्र बराल, महानगरका प्रमख प्रशासकीय अधिकृत गंगालाल सुवेदी लगायतले शाहको सालिकमा माल्यपर्ण गरेका थिए ।

पोखरा महानगरका प्रमुख जिसीले पृथ्वीनारायण शाहको योगदानको संस्मरण गदै इतिहास भुल्न नहुने बताए । उनले नेपालको एकिकरण अभियानमा शाहले खेलेको भुमिकाको प्रसंसा गदै देशका लागि विभिन्न क्षेत्रबाट योगदान पु¥याएका सहित र विभुतीको सम्मानमा राष्ट्रिय सहिद तथा विभूति पार्क निर्माणा गरिएको र त्यहाँ उनीहरुको सालिक राखिने बताए ।

पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले इतिहासलाई सम्झदै राम्रा काम गर्नेहरुप्रति सम्मान गर्नुपर्नेमा जोड दिइन् । कार्यक्रमको सञ्चालन महानगरका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले गरेका थिए । अहिलेको नेपाल आजभन्दा ३ सय वर्षअघि २२ से अनि २४ से राज्यहरुमा विभाजित थियो । साना राज्यहरु मध्ये एक राज्य गोरखा थियो ।

जहाँ पृथ्वीनारायण शाहको जन्म भएको थियो । विक्रम सम्वत १७७९ मा पिता राजा नरभूपाल शाह र माता कौशल्यावति देवीका प्रथम पुत्रको रुपमा शाहको जन्म भएको थियो । उनले नेपाल एकीकरणको नेतृत्व गरेका थिए । सरकारले पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवसको रुपमा विगतमा विदा दिदै आएपनि पछिल्लो तीन वर्ष विदा कटौली गरिएको हो ।

कमेन्टहरु
Loading...