पृथ्वीनारायण शाह ऐतिहासिक युग पुरुष

पोखरा, २७ पुस / जरोटुप्पो संरक्षण साहित्य समाज नेपालद्वारा आयोजित विचार गोष्ठीका वक्ताले पृथ्वीनारायण शाहलाई ऐतिहासिक युग पुरुषका रूपमा स्मरण गर्नुपर्ने धारणा राखेका छन् ।
संस्थाका अध्यक्ष डा. नारायणप्रसाद अधिकारीले शाहको तस्वीरमा माल्यार्पण गर्दै गोष्ठीको उद्घाटन गरेका थिए ।

पुस २७ राष्ट्रिय चाड विषयक गोष्ठीमा अध्यक्ष अधिकारीले नेपालको इतिहास लेखन नै गलत भएका कारण ऐतिहासिक सन्दर्भ महत्व ओझेलमा परेको बताए । प्राडा भवानीप्रसाद पाण्डे भाष्करले देशको इतिहासका लागि देशका जनता जानकार हुनआवश्यक हरेको बताउँदै अनेक झुटाकिंवदन्तीजोडेर शाहलाई तानाशाही र अपराधीबनाउनखोजे पनि शाह संरक्षणवादीअद्वितिय व्यक्तित्व थिए भने ।

पाण्डेले सबै राजाको राज्य रहेका बेलाउनले राजालाई नै जितेर एक राज्यबनाउनु समयको मागभएकाले उनलाई पतित बनाउन खोज्नु नेपालीमा मौलाएको पाखण्डीपन भएको स्मरणगर्दै भने– इतिहास परिहास हुनु हुँदैन ।’

प्राज्ञ रमेश श्रेष्ठले पृथ्वीचोकको शालिक भत्काउनु भीडहरुको दोष भएको भन्दै दुःख व्यक्त गरे । प्रज्ञा प्रतिष्ठानको कलाविभाग प्रमुख रहँदापनि पृथ्वीचोकको शालिक भत्काएको सन्दर्भमा धेरै चर्चा भएको स्मरणगर्दै भने ‘मूर्ति भत्काउनु कलाको विनाशहो, अमर चित्रकारले बनाएको इतिहास अब कहिल्यै बन्दैन ।’उनले ढुंगामाटाका संरचना पुरानाहुँदाअस्तित्व समाप्तहुने तर सुनको अस्तित्वकहिल्यै नहराउने भएकाले शाहलाई सुनसँगतुलना गरे ।

विश्वहिन्दू महासंघका उपाध्यक्षशंकर खरालले स्मार्ट सिटीको अवधारणानुरुप चोककासम्पूर्ण शालिक हटाउने गरीभएको सम्झौता कार्यान्वयन नभए पृथ्वीनारायणशाहको योगदानको उपेक्षा हुने बताए ।

पुस २७ राष्ट्रिय चाड विषयमा कार्यपत्र प्रस्तुतगर्दै प्रज्ञाप्रतिष्ठानका प्राज्ञ सभासद् सूर्य खड्का बिखर्चीले शाहको प्रजाबलियाहुनुपर्ने, जाई कटनगर्नु नुहने, घुस लिन्या र दिन्याप्रतिप्रशासन र न्यायलयकठोर हुनुपर्ने दिव्योपदेशलाई हेर्दा उनी एकताका प्रतिमूर्ति भएकाले पुस २७लाई राष्ट्रिय एकतादिवसका रुपमाआम नेपालीले आफ्नो चाडमान्नुपर्ने धारणा राखे ।

बिखर्चीले भने–‘सधै महापुरुष जन्मदैन हामीशाहले रक्षा गरेको पुरानै नेपालको नयाँव्यवस्थामा रहेकाले उनले गरेको भौगोलिकएकीकरणलाई आत्मसातगर्न आवश्यक छ ।’

कार्यक्रममा डा गेहेन्द्र भुषण पोखरेली, शिवत्रिपाठी, वसन्तचालिसे, सूर्य गिरी, ढुण्डीराजज्ञवाली, चन्द्रावतीवाग्ले, भरत आचार्य, आवाजशर्मा, शिवत्रिपाठी, नारायण बराल, मदनभण्डारी, शरद भण्डारी,असफल गौतम लगायतले आफ्ना धारणातथा रचनावाचन गरेका थिए ।

कमेन्टहरु
Loading...