प्रेस युनियन स्थापना दिवसः राष्ट्रियताको विषयमा एक भए कसैले पेल्न सक्दैन- काँग्रेस नेता केसी

पोखरा, १३ जेठ / नेपाल प्रेस युनियन कास्कीले पोखरामा आज २९ औं स्थापना दिवस मनाएको छ । कोरोना महामारीका कारण सञ्चार माध्यम र पत्रकारहरु समस्यामा रहेको भन्दै सरकारले पत्रकारिता क्षेत्रले भोगेको चुनौती सामना गर्न ब्यवस्थित राहत प्याकेज ल्याउन सो अवसरका माग गरेका छन ।

कोरोना महामारीको जोखिमका बेला पत्रकारिताको काम सजिलो नभएको भन्दै देशभरका पत्रकारका लागि स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउनु सरकारको कर्तव्य हुनु पर्न वताए । काँग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य सुर्यबहादुर केसीले सरकार जति निरकुंश बन्दै जान्छ त्यसको असर पत्रकारलाई पर्ने भएकोले यो बेलामा पत्रकार अझै क्रियाशील हुनुपर्ने बताउनु भयो ।

नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य समेत रहनु भएका केसीले राष्ट्रियताको विषयमा सबै दल एक जुट भएमा कसैले पेल्न नसक्ने वताउनु भयो । उहाँले वर्तमान सरकारले काँग्रेसकै सहयोगका कारण नयाँ नक्सा बनाएको उहाँकोे भनाइ थियो । ‘लिपुलेक हाम्रो पुर्खाले आर्जेको भूभाग हो यसलाई हामीले गुम्न दिनुहुदैन’ उहाँले भन्नु भयो

नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले लोकतन्त्रलाई जोगाउनका लागि पत्रकारले सधै खबरदारी गर्नुपर्ने बताउनु भयो । नेपाल प्रेस युनियनका केन्द«ीय उपाध्यक्ष रमेश पौडेलले श्रमजीवी पत्रकारको सुरक्षाको विषयमा संगठनले सधै आवाज बुलन्द गर्ने बताउनु भयो ।

नेपाल प्रेस युनियनका सल्लाहकार रविन्द्र बास्तोलाले यो अवार्डले पत्रकारितामा क्रियाशिल रहेकालाई प्रोत्साहन गर्ने बताउनु भयो । नेपाल प्रेस युनियनका पूर्व उपाध्यक्ष गंगाधर पराजुलीले पत्रकारहरुको हक हितमा सरकार अनुदार देखिएको आरोप लगाउनु भयो ।

।स्थापना दिवसको अवसरमा प्रेस युनियन अफ दी इयर अवार्ड अनिषा श्रेष्ठलाई प्रदान गरिएको छ । कार्यसमिति सदस्यलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको सो अवार्ड यसवर्ष पहिलो पटक कार्यसमिति सदस्य श्रेष्ठलाई प्रदान गरिएको हो। श्रेष्ठलाई नगद पाँच हजार नगदसहित प्रशंसापत्र प्रदान गरिएको थियो ।

कमेन्टहरु
Loading...