Ganthan News Pokhara
All news from Pokhara & around

पृथ्वीसुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्री नियुक्त

0

सागर राज तिमिल्सिना
पोखरा, २९ माघ/प्रदेश ४ को मुख्यमन्त्रीका लागि एमाले प्रदेशसभा संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङ मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेशसभामा बहुमतका लागि एकिकृत माओवादी सहित सरकार गठनका लागि एमालेले प्रदेश प्रमुख सगलाई बहुमतका लागि पत्रबुझाएको हो ।

पृथ्वीसुब्बा गुरुङ
पृथ्वीसुब्बा गुरुङ

प्रदेश प्रमुख बाबुराम कुबँरलाई पत्र बुझे सगँ गुरुङलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । गुरुङ आइतबार एमाले संसदीय दलको नेता चुनिएका थिए । एमालेका २७ जना माओवादीका १२ जना सांसदको समर्थन रहको छ । गुरुङले मुख्यमन्त्री गुरुङले फागुन २ गते सपथका लागि तयारी गरेको प्रदेश प्रमुखको कार्यालयका सचिब देवि प्रसाद ज्ञवालीले जानकारी दिए ।

बुधबार २ बजे प्रदेश प्रमुखको निवासमा पद र गोपनियताको शपथ गराउने उनले बताए । निर्वाचनका बेला साथ दिएको राष्टिय जनमोर्चाले भने सरकारलाई साथ दिएको छैन । प्रदेश ४ मा ६० जना सांसद छन् ।

Advertisements
अरु सम्बन्धित खबरहरु
कमेन्टहरु
Loading...