भारतका राष्ट्रपति मुखर्जी पोखरा आउने

सागर राज तिमिल्सिना
पोखरा, ११ असोज/भारतका राष्ट्रपति प्रणम मुखर्जीले नेपालको भ्रमणको क्रममा पोखरा आउने भएका छन् । तिहार पछि हुने नेपाल भ्रमणकाक्रममा पोखरा एक दिन एक रात बस्ने इच्छा देखाएको यातायात मन्त्री रमेश लेखकले बताए ।

पोखरा पर्यटन परिषद्को ग्यापन पत्रबुझदै मन्त्री लेखकले भारतका राष्ट्रपति प्रणम मुर्खजी पोखार आउने इच्छा व्यक्त गरेको बताए । उनले पोखरा भारतीय अन्य नेताको पनि पहिलो रोजाइमा रहेको बताए ।

उनले नेपालको सान नै पोखरा भएको बताए । त्यसका लागि पोखरालाई सरक्षण गरि राख्नु पर्ने उनले बताए । पोखरा र फेवातालमा विस्तारै अतिक्रमण बढेको बताउदै संरक्षण गर्नु पर्ने बताए ।

कमेन्टहरु
Loading...