प्रचण्ड आज पोखरा आउँदै

Prachandaपोखरा २८ कात्तिक । आफ्नो दुबै चुनाबी क्षेत्रमा जितको दाबि सहित पार्टीको चुनावी प्रचारमा देश दौडाहामा रहेका एमाओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज पोखरा आउदैछन् । अघिल्लो संबिधानसभा निर्बाचनको बिरासत जोगाउदै दुई तिहाई बहुमतको पक्षमा भोट माग्दै हिडेका उनि चन्मथलोका मतदाता रिझाउन कास्कीको जिल्ला स्तरिय सभामा सहभागि हुन लागेका हुन् ।

उनले एमाओवादी कास्कीले दिउसो १ बजे अमरसिंहमा गर्ने जनसभालाई सम्बोधन गर्नेछन् । कास्कीका ४ वटै निर्वाचन क्षेत्रलाई केन्द्रित गरी सभाको आयोजना गर्न लागिएको एमाओबादी कास्कीका संयोजक झलकपाणी तिवारीले बताए ।

आफ्नो पक्षमा माहौल बनाउन र शक्ति प्रदर्शनको लागि समेत हुन लागेको सभामा ५० हजार नागरिक उतार्ने माओबादीको दाबि छ । सभा अघि पोखराको बिभिन्न स्थानबाट नारा जुलुस सहित ¥याली निस्कने तिवारीले बताए । पोखराको चिप्लेढुङ्गाबाट सुरु हुने ¥याली तथा जुलुस अमरसिंह चोकमा पुगेर सभामा परिणत हुने छ ।

पश्चिमाञ्चलको चुनाबी अभियान अन्तर्गत प्रचण्डले पोखरासंगै पर्वत, मुस्ताङ, स्याङ्जा र लमजुङमा हुने चुनावी जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । एमाओवादीको पक्षमा जनलहर बढाउनको लागि प्रचण्डले तराईको मेची–महाकाली अभियान सकेर पहाडतर्फ लागेका हुन् । उनले करिव २ साता अघि बागलुङ, पर्वत र म्याग्दीको जनसभालाई सम्बोधन गरेका थिए ।

कमेन्टहरु
Loading...