पर्वत अस्पतालका ५ स्वास्थ्यकर्मिमा कोरोना पोजेटिभ, अस्पतालमा ईमर्जेन्सी बाहेकका सेवा बन्द

पोखरा, ५ असार/ पर्वत अस्पतालका ५ स्वास्थ्यकर्मिमा कोरोना पोजेटिभ देखीएको छ । राष्ट्रिय प्रयोगशाला टेकु काठमाडौंमा स्वाब परीक्षण गर्दा ५ जना स्वास्थ्य कर्मिमा कोरोना पोजेटिभ देखिएको पर्वत अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा शिशिर देवकोटाले जानकारी दिए ।

स्वास्थ्यकर्मिमा कोरोना पोजेटिभ देखिएपछि अस्पतालमा ईमर्जेन्सी बाहेकका सेवा बन्द गरेको देवकोटाले एक विज्ञप्ती जारी गर्दै जानकारी दिएका छन् । विज्ञप्तीमा अर्को सुचना प्रकाश नभए सम्म अस्पतालको ईमर्जेन्सी बाहेका सेवा बन्द रहने उल्लेख छ ।

पर्वतमा थप ५ जनामा कोरोना संक्रमित थपिए सँगै संक्रमितको सख्या ४३ जना पुगेको छ । गण्डकी प्रदेशमा शुक्रबार मात्रै २९ जना संक्रमित थपिएका छन् । गण्डकी प्रदेशमा कोरोना संक्रमितको सख्या ३ सय ५३ जना पुगेको छ ।

शुक्रबार बिहान नवलपुरमा २, कास्कीमा ६, स्याङजा २ र बागलुङमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए ।

बागलुङको गल्कोट नगरपालिकामा ६ पुरुष र दुई महिला, काठेखोला गाउँपालिकामा ६ जनामा कोरोना पुष्टि भएको शर्माले जानकारी दिए । उनीहरु १९ देखी ४२ बर्ष उमेर समुहका रहेका छन् ।

त्यसै गरी कास्कीको पोखरा महानगरपालिकामा ३ जना पुरुष, दुई जना महिला र रुपा गाउँपालिकाको एक पुरुषमा कोरोना भाइरस कोभिड १९ देखिएको उनले बताए । उनीहरु १९ देखी ५६ बर्ष उमेर समुहका छन् । त्यसै गरी स्याङजाको कालिगण्डकी गाउँपालिकाका ३६ बर्षिय पुरुष र पालिका नखुलेका ६३ बर्षिय पुरुषमा कोरोना देखिएको उनको भनाई छ ।

त्यसै गरी नवलपुरको विनयत्रिबेणी गाउँपालिकामा दुई जना पुरुषमा कोरोना भेटिएको छ । उनीहरु २० र २८ वर्षका हुन् । यो सँगै नवलपुरमा कोरोना संक्रमित ९९ जना पुगेका छन् । उनीहरु सबैलाई नजिकको आइसोलेजनमा लैजाने तयारी भएको डा शर्माले बनाए । गण्डकी प्रदेशमा अहिले सम्म ३२ जना निको भएर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ ।

कमेन्टहरु
Loading...