पोखरामा प्रहरीलाई घुस दिने तीन जना प्रहरीको फन्दामा

पोखरा, २४ फागुन /पोखरामा प्रहरीलाई घुस दिन खोज्दा ट्रक ड्राईभर प्रहरीको फन्दामा परेका छन् । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३१ नहरचोक स्थित तालचोक–वेगनास सडक खण्डमा सवारी साधन चेक जाँच गर्ने क्रममा प्रहरीलाई घुस दिन लाग्दा ट्रक ड्राईभर भक्तबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

सहचालक मनकुमार जोशीले चलाईरहेका ट्रक जाँच गर्ने बेलामा प्रहरीले फेला पारेपछि मिलाईदिन आग्रह गर्दै २ सय रुपैयाँ नगद दिन खोज्दा दुवैजनालाई ट्रक सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सिआरभी शिसुवाबाट प्रहरी सहायक निरिक्षक केशबहादुर कुमालको कमाण्डमा खडिएको प्रहरी टोलीले तनहुँको कोत्रेबाट ढुंगा लिएर आएको ग १ ख ३०२४ नम्बरको मिनि ट्रक, चालक र सहचालकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही थालेको प्रहरीले जनाएको छ ।

प्रहरी जवान नवराज भण्डारीले चेक जाँच गर्दै जाँदा सवारी साधन अनुमति पत्र माग्दा त्यस भित्र नगद २ सय देखे पछि यो के हो ? भनी सोध्दा चालक मगरले मिलाई दिनु पर्यो त्यसैले दिएको भनेपछी प्रहरीले दुवैलाई पक्राउ गरी थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय शिसुवाको नियन्त्रणमा राखेको छ ।

यसैबीच, मंगरबार राती पनि पोखराकै पृथ्वीचोकमा घुस दिन खोज्ने अर्का एकजना पक्राउ परेका थिए । दैनिक हुने सुरक्षा चेकजाँचका बेला रक्सी पिएर मोटरसाईकल चलाएका पोखरा १७ विरौटा बस्ने २६ बर्षिय अनिल थापालाई पक्राउ गरिएको हो । बा ७९ प १०५८ नम्बरको मोटरसाईकल चालक उनले १ हजार रुपैयाँ घुस दिएका थिए । वडा प्रहरी कार्यालय बैदाममा राखेर उनलाई सार्वजनिक अपराध ऐन अन्तरगत म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...