पोखरामा प्रहरीले समातेको जड्याहा हतगडी सहित भागे

पोखरा, ८ जेठ /पोखरा ५ प्रस्याङ सोमबार राती झगडा भयो । झगडा गर्नेलाई पक्राउ गर्न प्रहरी पुग्यो । झगडामा संलग्नलाई प्रहरीले हतकडी लगायो । तर झगडामा संलगनहरु हतगडी सहित भागेका छन् । प्रहरीले रातभर खोजी गरे पनि भेटाउन नसकेको बताएको छ ।

राती र बिहान ठुलो मात्रामा त्यस क्षेत्रमा प्रहरी परिचालन गरि खोजी भइरहेको प्रहरीको भनाई छ । कुनै हतगडी लगाएपछि भागे त कोही प्रहरीको गाडीमा चढेपछि हामफालेर भागेका प्रहरीले बताएको छ । प्रहरी संख्या कम भएका कारण भागेको कास्की प्रहरी प्रबक्ता खड्कबहादुर खत्रीले बताए ।

‘रक्सी खाएको मान्छे समाउन धेरै प्रहरी चाहिँदैन भनेर थोरै मात्रै गएका थिए । हतगडी लगाएपछि प्रहरीलाई नै झुक्याएर भागे, उनले भने–खोजी भैरहेको छ । पक्राउ गरेर कारबाही गर्छौं ।’

वडा प्रहरी कार्यालय बैदामका अनुसार १ जनामात्रै भागेका जनाएको छ । राजकुमार परियार हथगडी सहित भागेको डिएसपी नवीन कार्कीले जानकारी दिए । आफ्नै घरमा तोडफोड गरिरहेको अवस्थामा प्रहरीले सूचना पाएपछि हथगडी लगाएको उनले बताए ।

कमेन्टहरु
Loading...