प्रहरी ईन्सपेटर भन्दै पैसा असुली गर्ने ४ जना पोखराबाट पक्राउ

पोखरा, १४ असार /कास्की प्रहरीले प्रहरी ईन्सपेटर भन्दै पैसा असुली गर्ने ४ जनालाई पोखराबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ निलकण्ठ नगर पालिका बडा नम्बर ४ बस्ने ३३ बर्षिय दिपक ठकुरी, पाल्पा तानसेन नगर पालिका १४ बस्ने २६ बर्षिय ताराप्रसाद पाण्डे, खोटाङ ऐँसेलु गाउँ पालिका बडा नम्बर १ बस्ने २३ बर्षिय भोज कुमार खत्री, गुल्मि ठुलोलुम्से गाबिस बडा नम्बर ६ बस्ने २८ बर्षिय बालकृष्ण गौतम रहेका छन् ।

पोखरा केही ब्यक्तिहरुलाई बिभिन्न कारण देखाई अपराध अनुसन्धान शाखाको ईन्सपेटर तथा मानवअधिकार विभागीय प्रमुख हौ भनि पैसा असुलि गर्ने, धाक धम्कि दिने गरेको प्रहरीले जानकारी दिएको छ । उनीहरुले पैसा असुल्ने तथा दिन नमानेमा घरमा लगी शरिर बन्दक समेत बनाएको गोप्य सुचनाका आधारमा प्रहरीले पक्राउ गरेका कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक
रविन्द्रमान गुरुङले जानकारी दिए ।

उनीहरुलाई पोखरा महानगरपालिका नागढुगाबाट पक्राउ गरेको हो । चारै जनालाई कास्की जिल्ला अदालतबाट शरीर बन्दक मुद्धामा म्याद थप गरी थप अनुसन्धान गरेको उनले बताए ।

कमेन्टहरु
Loading...