प्रहरीको कुटाईबाट कुँवर घाइते

प्रहरीको कुटाईबाट कुँवर घाइते
0 9,459

हेमजा, २० चैत / पोखरा–२५, हेमजामा बुधबार एक जना घाइते भएका छन् । हेमजा कुँवरथर निवासी बीरबहादुर कुँवर घाइते भएका हुन् । मकै लगाउनका लागि हेमजाको मिलनचोक स्थित अस्थाई प्रहरी पोष्टसँग ट्याक्टरको अनुमति लिन पुगेका कुँवर प्रहरीको कुटाइबाट घाइते भएको जनाइएको छ ।

कोरोना भाइरसका कारण लकडाउनको समयमा किन बाहिर निस्केको, ट्याक्टर लगाएरै किन मकै लगाउन पर्यो भन्दै पोष्टमा कार्यरत ४ जना प्रहरीले आफूलाई कुटपिट गरेको कुँवरले बताए । हदकडी लगाएर खुट्टामा डोरीले बाँधी मरनासन्न हुने गरी कुटपिट गरेको उनको भनाई छ ।

उनको नाक, हात, मुख लगायत शरीरका विभिन्न अङगमा चोट लागेको छ । स्थानीय हेमजा पोलिक्निीक (हाल लियाँ मेडिकल हल) मा उपचार पछि घाइते कुँवर यतिवेला घरमा आराम गरिरहेका छन् ।

यता प्रहरीले भने कुँवरले लकडाउनको अवज्ञा गर्दै चोकमा पटकपटक तथा नाम बोल्दा हिद्दा घटना घटेको जनाएको छ । मकै लगाउने वहानामा ट्याक्टरको कुरा अगाडि सारी कुँवरले पटक पटक प्रहरीलाई जिस्काएको पोष्टका प्रमुख, प्रहरी सहायक निरीक्षक भुमीप्रसाद शर्माले बताए ।

स्थानीयले भने घटनाको विरोध गरेका छन् । उनीहरुले घटनाकै समयमा पोष्ट अगाडि उपस्थित भएर प्रहरीले ज्याजती गरेको भन्दै विरोघ जनाए । लकडाउनको समयमा मकै लगाउन ट्याक्टर अनुमति माग्न प्रहरीसँग जानु के गलत हो भन्दै उनीहरुले दोषी प्रहरीलाई कारवाही गर्नुपर्ने बताएका छन् ।

वडा सदस्य दलबहादुर कुँवरले स्थानीय किसान माथि प्रहरीले ज्याजती गरेको प्रतिक्रिया दिएका छन् । घटना ’bout बुझ्न खोज्दा आफूलाई पनि पोष्टमा कार्यरत ट्राफिक प्रहरी टीकाराम कडेल र प्रहरी जवान भरत खड्काले दुरवचन बोलेको भन्दै कुँवरले विरोध समेत जनाए ।

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...