पोखरा पिस क्लवको स्मारिका विमोचन

पोखरा, १९ असोज/सामाजिक विकृति र विसंगति विरुद्ध क्रियाशील पोखरा पिस क्लव पोखरा ७ शान्तिनगरले १० वर्षे सामाजिक गतिविधिहरु समेटेर प्रकाशनमा ल्याएको स्मारिका बुधबार विमोचन गरिएको छ । पोखरा उपमहानगरपालिका सामाजिक विभाग महाशाखा प्रमुख बरिष्ठ अधिकृत ओमराज पौडेलले स्मारिका विमोचन गरे ।

स्मारिकामा प्रकाशित लेख तथा रचनाहरुबाट पाठकले सामाजिक प्राणीको काम, कर्तव्य तथा दयित्व बारेमा प्रष्ट पारेको तथा क्लवलाई यहाँसम्म ल्याइपु¥याउँदासम्मका आरोह अवरोहहरु बारे जानकारी पाउन सकिने बताउँदै प्रमुख अतिथि पौडेलले पोखरा पिस क्लवले गरेका क्रियाकलापहरु प्रसंसनीय रहेकोमोले प्रेरणाको स्रोत बन्न सक्ने विश्वास व्यक्त गरे ।

क्लवका संस्थापक अध्यक्ष राजेन्द्र प्रसाद अधिकारीले कुनै पनि सामाजिक संस्था हुर्काउन समाज तथा टोलबासीको भूमिका महत्वपूर्ण भएकोले युवाहरुको जोश र जाँगरलाई निरुत्साहित हुन नदिन सकारात्मक सोच सहित उत्प्रेरित गर्नुपर्नेमा जोड दिए ।
१० वर्षे यात्रामा निस्केदेखि नै क्लवका सदस्यहरुबीच एकताको भावना र कुनै पनि राजनीतिक प्रभाव भित्रन नपाएकोले सफलता मिलेकोले सबैलाई आगामी दिनमा पनि राजनीतिक प्रभावबाट टाढा रही स्वच्छ सामाजिक संस्थाको रुपमा अगाडि बढाउन सुझाव दिए ।

क्लवका सल्लाहकारहरु डा.उमानाथ बराल, तेजनारायण अधिकारी, रमाकान्त बराल, नारायण प्रसाद बराल, पूर्व सल्लाहकार कमलादेवी बराल, टोल विकास संस्था वडा समन्वय समिति पोखरा ७ का अध्यक्ष राममोहन आचार्य, मासबार आमा समूहका अध्यक्ष टिकादेवी अधिकारी, समाजसेवा युवा क्लवका अध्यक्ष अंकित बराल लगायतले क्लवले प्रकाशन गरेको स्मारिका तथा गतिविधिहरुमा चर्चा गर्दै शुभकामना व्यक्त गरेका थिए । क्लवका अध्यक्ष सुजन बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सहसचिव सावित्री अधिकारी र कार्यक्रमको संचालन सचिव प्रताप आचार्यले गरेका थिए ।

कमेन्टहरु
Loading...