पोखरा पिस क्लवको स्थापना दिवसमा रक्तदान

पोखरा, ३० भदौ /पोखरा पिस क्लव पोखरा–७, शान्तिनगरले आफ्नो एघारौं स्थापना दिवसको अवसर पारेर बिहीवार पोखरा ७ शान्तिनगरचोकमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पोखरा ७ उपशाखाका सभापति ठाकुर प्रसाद बरालले पहिलो रक्तदाता अनिरुद्र बराललाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेका थिए ।
उक्त अवसरमा प्रमुख सभापति बरालले सामाजिक कार्यका साथै मानवीय कार्यमा पनि निरन्तर अगाडि बढेको पोखरा पिस क्लवले स्थापनाको दशा वर्षको अवधिमा क्लवले गरेका कार्यहरु अति अविस्मरणीय रहेको उल्लेख गर्दै आगामी दिनमा उन्नति तथा प्रगतिपथमा अझ दह्रो पाइला चाल्न सकोस् भनि शुभकामना व्यक्त गरेका थिए ।
अतिथिको रुपमा क्लवका संस्थापक सल्लाहकार लेख बहादुर के.सी.ले क्लवको यस कार्यले हाल पोखरामा देखिएको रगतको अभावलाई मेटाउने कार्य गरेकोमा खुसी व्यक्त गरेका थिए । कार्यक्रममा संस्थापक अध्यक्ष राजेन्द्र अधिकारी, पूर्व अध्यक्ष भोजराज बराल, निवर्तमान अध्यक्ष दामोदर बरालले क्लवको एक दशक बारे आफ्नो धारणा राखेका थिए ।
४५ युनिट रगत संकलन गरिएको कार्यक्रममा रक्तसञ्चार केन्द्र पोखरा, मासबार आमा समूह, स्टेप बाइ स्टेप उच्च मा.वि., किसान जागरण बहुमुखी सहकारी संस्था, नुवारथोक टोल विकास संस्था, शान्तिनगर टोल विकास संस्था, रचना किराना पसल लगायतको सहयोग रहेको थियो । क्लवका अध्यक्ष सुजन बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संयोजक सावित्री अधिकारीले धन्यवाद ज्ञापन र सचिव प्रताप आचार्यले कार्यक्रम संचालन गरेका थिए ।
कमेन्टहरु
Loading...