योग दिवसका अवसरमा पोखरामा तीन दिने बृहत योग शिविर

पोखरा, ३० पुस/ पोखरा लेखनाथ महानगरपालिका स्वास्थ्य महाशाखाको आयोजना एवम् पतञ्जली योग समिति नेपालको संयोजकत्वमा तीन दिने वृहत योग शिविर सञ्चालन हुने भएको छ । तेश्रो राष्ट्रिय योग दिवसको अवसरमा माघ एकदेखि तीन गतेसम्म विहान दुई घण्टा शिविर सञ्चालन गरिने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

“सबैका लागि योग, सधैका लागि योग” भन्ने मूल नारा सहित आयोजित शिविरमा डा.लोकनाथ खनाल प्रमुख प्रशिक्षक रहनु हुने पोखरा लेखनाथ महानगरपालिकाका आयुर्वेद चिकित्सक डा. ओम प्रकाश कलौनीले बताउनुभयो । योगले मानिसको शारीरिक, मानसिक, भावनात्मक पक्षलाई सत्न्तुलनमा राख्न सहयोग गर्ने बताउँदै उहाँले योग र आयुर्वेदलाई सर्वसाधारणको पहुचसम्म पु¥याउने उद्देश्यले शिविरको आयोजना गरिन लागेको जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा प्रमुख प्रशिक्षक डा. लोकनाथ खनालले नेपाल लगायत विश्वका १७७ राष्ट्रको समर्थनमा योग दिवसले मान्यता प्राप्त गरेको जानकारी दिनुभयो । शिविरमा दैनिक पाँच सय भन्दा बढीको सहभागिता रहने आयोजकको अपेक्षा छ । पोखरा लेखनाथ महानगरपालिकाका निमित्त प्रशासकीय प्रमुख वसन्तराज सिग्देलले महानगरले योग र आयुर्वेदलाई सँगसँगै अगाडि बढाउने तयारीमा जुटेको बताउनु भयो ।

कमेन्टहरु
Loading...