पोखराको प्रस्र्याङमा ४ करोडमा पार्क बन्ने, अध्यक्ष गणेश तिमिल्सिनाद्धारा शिलन्यास

पोखरा, २० माघ/राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विकासका लागि सरकार अहिले म्याराथन दौडमा रहेको बताएका छन् । पोखरा महानगरपाकिाल ५ पस्र्याङमा ‘पस्र्याङ बगैँचा पार्क’ पुनःनिर्माणको शिलन्यस गर्दै उनले विकासको दुरी टाढासम्म रहेकोले सरकार म्याराथन दौडमा रहेको स्पष्ट पारे ।

अभ्यक्ष तिमिल्सिनाले विगतका सरकार ६–६ महिना र ९–९ महिनामा परिवर्तन भएकोमा अहिलेको सरकार ५ वर्षसम्म रहने भएकोले नीति नियम निर्माणका कारण केही समय सुस्त देखिएको बताए ।

उनले सरकार दीर्घकालीन योजना सहित अगाडि बढेकाले जनताले अनुभूति गर्ने गरी विकासका गतिविधि तत्काल नदेखिए पनि डराउनु नपर्ने बताए । राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले निर्वाचनका बेला तेरो–मेरो भनेर दलहरु दुरी टाढा भए पनि विकासका लागि सबै एकै ठाउँमा उभिनुपर्ने बताए ।

पोखराको प्रस्र्याङमा ४ करोडमा पार्क बन्ने, अध्यक्ष गणेश तिमिल्सिनाद्धारा शिलन्यास
पोखराको प्रस्र्याङमा ४ करोडमा पार्क बन्ने, अध्यक्ष गणेश तिमिल्सिनाद्धारा शिलन्यास

गण्डकी प्रदेश सांसद राजिव पहारीले पार्क निर्माणमा रकम अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे । लायन्स चिल्ड्रेन पार्कको नाउँले चिनिएको सो पार्कलाई नेपाली मौलिकता झल्किने गरी सुविधासम्पन्न बनाउन ४ करोड रुपैयाँ लाग्ने पोखरा महानगरपालिकाका प्रवक्ता समेत रहेका पोखरा ५ का वडाध्यक्ष धनबहादुर नेपालीले जानकारी दिए ।

माछापुच्छे« हिमालको सहजै दृश्यावलोकन गर्न सकिने पार्कमा बालबच्चाका लागि चिल्डे«न पार्क, स्वीमिङ पुल, हरियाली लगायतका संरचना थपिनेछ । महानगरपालिका र प्रदेश सरकारको सहयोगमा साढे ८ रोपनी जग्गामा बन्ने पार्क ३ वर्षभित्र सकिने उनले बताए ।

कमेन्टहरु
Loading...