आफन्तको सम्झनामा पोखरा पनि गाईजात्रा (फोटो फिचर)

पोखरा, ३ भदौ/दिवङ्गत आफन्तको सम्झनामा गाईको प्रतीक बनाएर पोखराका विभिन्न ठाउँमा गाईजात्रा पर्व मनाएका छन् । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ विभिन्न कार्यक्रमको आयोजना मनाउदै छन् ।

यसैवर्ष दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी पोखराको ठाउँ ठाउँमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसो गरेमा दिवङ्गत आत्माले शान्ति पाउने जनविश्वास छ ।

मल्लकालमा पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई शान्त्वना दिन राजा प्रताप मल्लले दुनियाँले पनि यस्तै शोक बेहोरेका छन् भन्ने देखाउन यो पर्व थालेका थिए । यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीत पनि गाइन्छन् । पोखराको जल्पारोडमा महोत्सव नै सुरु भएको छ ।

आफन्तको सम्झनामा पोखरा पनि गाईजात्रा । तस्विर सञ्जय शाक्य

कमेन्टहरु
Loading...