भौतिक बिज्ञान समाज पश्चिमाञ्चलको अध्यक्षमा मिनराज लम्साल

पोखरा, २२ पुस /नेपाल भौतिक बिज्ञान समाज पश्चिमाञ्चलको पाँचौ अधिबेशनले मिनराज लम्सालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार पोखरामा सम्पन्न भएको समाजको अधिबेशनबाट उपाध्यक्षमा सुन्दर ढकाल ,सचिव रबि कार्की, सहसचिव सुजन लम्साल र कोषाध्यक्ष दीपक अधिकारी सर्वसम्मत चयन भए ।

त्यसैगरि सदस्यहरुमा लक्ष्मण तिमिल्सिना, अमृत ढकाल, नाारायण प्रसाद भण्डारी, लक्ष्मण थापा र प्रदिप सुबेदी छन् । भौतिक शास्त्रमा एमएस्सी गरेका समाजका सदस्य रहनेछन् । निर्वाचन मण्डलमा अध्यक्ष डा कृष्ण अधिकारील चयन भएको समितिलाई बधाई दिएका थिए ।

कार्यक्रममा पवित्रमणी पदकबाट आविष्कार भुसाललाई सम्मान गरिएको थियो । नेपाल भौतिक शास्त्र समाजका अध्यक्ष पवन भट्रराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सृष्टी गुरुङ्ग र उपप्राध्यापक लाक्पा छिरिङ्ग शेर्पालाई सम्मान गरिएको थियो ।

कमेन्टहरु
Loading...