पोखरेली न्युज नाईटमा गुण्जिए गायक नबिन के भट्टराई

पोखरा, २० असोज /पोखरेली न्युज साप्ताहिकले आफँु स्थापना भएको एक वर्ष पुगेको खुशियालीमा शुक्रबार पोखरेली न्युज नाईट

सम्पन्न गरेको छ । पोखराको न्युरोडमा आफ्नो कार्यलय स्थापना गरि सत्य तथ्य समाचार सम्पे्रषणमा लागिरहेको पोखरेली न्युजले

गायक नबिन के भट्टराई र अतृप्त ब्याण्डको साँगीतिक प्रस्तुती सहित उक्त कार्यक्रम गरेको हो ।

पृथ्वीचोक अवस्थित बाजेको सेकुवाको सभाहलमा सम्पन्न कार्यक्रममा गायक भट्टराईले आफ्ना लगभग चर्चित सबै गीत गाउन भ्याए ।

जब उनले ‘फिका फिका छ’ गाउन थाले कार्यक्रममा उपस्थित सबैले चियरअप गरे ।

साँगीतिक कार्यक्रम हुनुभन्दा पुर्व आयोजना गरिएको औपचारिक कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका अर्थ मन्त्री किरण गुरुङले मिडिया

पत्रपत्रिका सधैं समाज भन्दा अघि हुनुपर्ने बताए । मिडिया समाज भन्दा अघि हुनुपर्छ । सामाजिक सञ्जालमा आएको जुनसुकै कुराहरुलाई

सत्य नबुझीकन समाचार बनाउने चलन छ । यस्को अन्त्य हुनुपर्ने उनको भनाई थियो ।

अर्थमन्त्री गुरुङले पहिले कुनै मान्छे बिग्रन बिग्रको मान्छेको संगत गर्नुपथ्र्यो भन्दै अहिले त्यस्तो नभई सामाजिक सञ्जालको

प्रयोगले पनि अनावश्यक विकृती निम्ताएको बताए । समाचार सम्पे्रषण गर्दा सकारात्मक सोचका साथ समाज परिवर्तन गर्ने

हेतुले लाग्नु पर्ने उनको धारणा थियो ।

फरक प्रसँगमा गुरुङले अब आफु र समाजलाई बनाउन आत्मनिर्भर भएर लाग्नु पर्ने भनेका छन् । ‘अब सबै आत्मनिर्भर भएर

विकासको खाका कोर्नुपर्छ, उनले भने , विदेशीहरुसँग मागेर मात्र उनिहरुको नक्कल गरेरे मात्र विकास र समृद्धको सम्भव रहदैन ।’

गण्डकी प्रदेश असिमित सम्भावना बोकेको प्रदेश हो । पर्यटन पर्वद्धन सँगसँगै यहाँको आर्थिक स्थरलाई माथी उठाउन मिडियाको ठूलो

दायित्व रहने हुँदा सत्य तथ्यको खोजीमा त्यही अनुरुप लाग्न उनले आग्रह गरे । राज्य परिवर्तन गर्ने अब युवाहरुले हो, युवानै विदेश गयो

भने कसरी विकासको मोडल सिर्जना हुन्छ उनको भनाई थियो । केहि नविनतम गर्दै सिर्जनाको खोजीमा सबै अगाडी बढौ प्रदेश सरकार

तपाईहरु सँगै छ , उनले भने ।

कार्यक्रममा प्रदेशका सदस्य राजीव पहारी, दिपक कोईराला, सँस्कृतिकर्मी तिर्थ श्रेष्ठ, पत्रकार महासँघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ,

पोखरा उद्योग बाणिज्य सँघका नवनिर्वाचित अध्यक्ष दामु अधिकारी लगायतले बोलेका थिए ।

सबैलाई स्वागत गर्दै पोखरेली न्युज साप्ताहिकका प्रधान सम्पादक सञ्जय मल्लले पत्रिकाले छोटोसमयमा नै यस्तो लोकप्रियता पाउछ

भन्ने आफुले नसोचेको बताए । पत्रकारिता मार्फत केहि गर्ने हुटहुटी जागीरहेका युवा साथीहरुको साथले पनि आफुँ सक्षम रहेको उनले बताए ।

एक वर्षमै पोखरेली न्युज साप्ताहिकले राम्रो प्रतिकृया पाईरहेको बताउदैं अब पनि सत्य तथ्य र सन्तुलित खबरका साथ समाजमा परिवर्तनमा

एउटा ईट्टा थप्ने प्रयास गर्ने छौ, उनले भने ।  विभिन्न सामाजिक, राजनितिक, कलाकारिता क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुको सहभागिता रहेको

कार्यक्रमको सञ्चालन भने सञ्चारकर्मी पत्रकार मन क्षेत्रीले गरेका थिए ।

कमेन्टहरु
Loading...