पोखरामा यति एयरको जहाज ठुलो दुर्घटनाबाट जोगियो (फोटो र भिडियो सहित)

सागर राज तिमिल्सिना
पोखरा, ३ असार /काठमाडौबाट पोखरा आउदै गरेको यति एयरलाइन्सको विमान ठुलो दुर्घटनाबाट जोगिएको छ । पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा जहाजको हाइड्रोलिक फेल भएपछि जहाज धावन मार्गबाट घाँसे मैदानमा पुगेको छ ।

यति एयरको नाइन एन एएचयु ६८१ कलसाइन भएको जहाज पोखरा विमानस्थलमा अवतरण गर्ने बेलामा जहाजमा समस्या आएको हो । जहाजमा रहेका चालक दल र ३० जना यात्रु सकुसल छन् । जहाजलाई काठमाडौबाट प्राविधिक बोलाएर समस्याका पहिचान गरिर्ने एयरलाइन्सले जनाएको छ ।

हाईड्रोलिक फेल भएपछि जहाज रनवे भन्दा करिब १० मिटर पर घाँसे मैदानमा जोतिन पुगेको पोखरा विमानस्थल प्राधिकरणका सूचना अधिकारी काशीनाथ पौडेलले जानकारी दिए ।

काठमाडौंबाट इन्जिनियरहरुको टोली आइतबार आउन नसके पछि विमानको मर्मत सोमबार गरिने बताइएको छ । जहाजबाट धुवाँको मुस्लो समेत निस्को थियो ।

पोखरामा यति एयरको जहाज ठुलो दुर्घटनाबाट जोगियो

कमेन्टहरु
Loading...