पोखरामा सार्वजनिक यातायात बन्द हुने

पोखरामा सार्वजनिक यातायात बन्द हुने

पोखरा, १० चैत / कोरोना भाइरस (कोभिड–१९) को प्रकोप बढ्न सक्ने सम्भावनालाई मध्यनजर गरी पोखरा सहित कास्की भर सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइएको छ ।

गण्डकी प्रदेश सरकारको निर्देशन, जिल्ला प्रकाशन कार्यालय कास्कीको निर्णयलाई मध्यनजर गरी व्यवसायीहरुले सार्वजनिक यातायातका साधन बन्द गर्ने भएका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ जिल्ला समन्वय समिति कास्की र पोखरा यातायात प्रालिले विज्ञप्ति नै जारी गरी चैत ११ देखि अर्को सूचना जारी नहुँदा सम्म सार्वजनिक यातायातका साधन बन्द गर्न व्यवसायीलाई आग्रह गरेको छ ।

समन्वय समितिका सचिव र प्रालिका प्रवन्ध निर्देशक अमृत शर्मा तिमिल्सिनाले विज्ञप्ती जारी गरी नेपाल सरकार तथा स्थानीय सरकारलाई अत्यावश्यक अवस्थामा सहयोग गर्न तयार रहेको बताएका छन् ।

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।

९० दिन पुराना लेखमा कमेन्टहरु बन्द गरिएको छ ।