पोखरा वडा नम्बर २० सबै बालबालिका विद्यालयमा

पोखरा, १८ मंसिर / आधारभुत तहसम्मको शिक्षा अनिवार्य गर्ने ब्यवस्था अन्र्तगत पोखरा महानगरपालिकाको वडा नम्वर २० सम्पूर्ण बालबालिका लागि विद्यालयको सुनिश्चितता भएको वडा घोषणा गरिएको छ ।

नेपालको संविधानले आधारभुत तहलाई अनिवार्य गर्ने ब्यस्था गरे अनुसार विद्यालय उमेर समुहका (५ देखि १२) वर्षसम्मका सम्पूर्ण बालबालिकाहरुका लागि विद्यालयको सुनिश्चिता वडा मंगलबार आयोजित एक कार्यक्रमका वीच घोषणा गरिएको छ । उक्त वडामा विद्यालय बाहिर रहेका ११ जनालाई विद्यालयमा भर्ना गरि विद्यालय प्रवेश गराएसंगै सुनिश्चितता वडा घोषणा गरिएको हो ।

बालबालिकाहरुका लागि विद्यालयका सुनिश्चितता वडा घोषणा गदै पोखरालाई शैक्षिक हबका रुपमा विकास गर्न गुणस्तरीय र प्राविधिक शिक्षामा जोड दिनुपर्नेमा बताउनुभयो । पोखराबाट अध्ययनका लागि विद्यार्थीहरु विदेशमा जाने गरेको बताउदै भन्नुभयो,‘विदेशमा विद्यार्थीमात्रै गएका छैनन् यहाँको ठूलो रकम विदेशीएको छ ।

त्यसैले पोखरालाई शैक्षिक हवका रुपमा विकास गर्न गुणस्तरीय र प्राविधिक शिक्षामा जोड दिनुपर्छ ।’ उपप्रमुख गुरुङले विदेशी विद्यार्थी समेत पोखरामा अध्ययन गर्न आउने अवस्था सृजना गर्नुपर्नेमा जोड दिनुभयो । घोषणा भन्दा त्यसको निरन्तरता ठूलो भएको बताउदै त्यो भन्दा ठूलो चुनौती रहेको बताउनुभयो ।

शिक्षक, विद्यालय ब्यस्थापन समिति र महानगरको त्रिकोणात्मक समन्वयमा अभियानलाई सार्थक बनाउनुपर्नेमा जोड दिनुभयो । महानगरले सन् २०१९ सम्म बालमैत्री वडा बनाउने योजना साथ अगाडी बढेको बताउदै त्यस्को तेश्रो सुचकका रुपमा शिक्षा पर्ने भएकाले अभियानलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख हेमप्रसाद आचार्यले विद्यार्थीलाई विद्यालयमा टिकाउन उनीहरुको अभिभावकको आर्थिक अवस्था सुधार्न आर्यआर्जनमा सहयोग गर्ने र विद्यार्थीलाई खाजाको ब्यवस्था गरिने बताए । उनले महागनरभित्रका बालबालिकालाई खाजाको ब्यवस्था गर्न ११ लाख रुपैयाँ विनियोजन गरिएको र दैनिक १५ रुपियाँका दरले खाजाको ब्यवस्था गरिने बताउनुभयो ।

वडा नम्वर २० मा १० वटा सामुदायिक विद्यालयमा ६ सय ४० विद्यार्थी अध्ययनरत रहेको विद्यालय निरिक्षक बसन्तराज पौडेलले जानकारी दिनुभयो । महानगर वडा नम्वर २० का अध्यक्ष सिम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा महेन्द्र प्राविधिक विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष शुसिल बस्नेत, नेपाली काँग्रेस वडा नम्वर २० का इकाई अध्यक्ष तिलबहादुर गुरुङ, महेन्द्र प्राविधिक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुर्यविलास पौडेल, अभिभावक गोविन्द पौडेल, हिमालय मावि मौजाका प्रधानाध्यापक मणीराज परियार लगायतले बोलेका थिए ।

कमेन्टहरु
Loading...