पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा सिटिस्क्यान मेसिन एक वर्षमा पनि बनेन, सेवा ग्राहीलाई सास्ती

सागर राज तिमिल्सिना
पोखरा, १५ साउन /काठमाण्डौंबाट स्याङजा वालिङका लागि छुटेको बस साउन ११ गते शुक्रबार त्रिशुलीमा खसेपछि घाईते भएका स्याङजाका एन्फा पूर्व अध्यक्ष तथा एन्फाका केन्द्रिय सदस्य लालबहादुर ज्वारचन उपचारका लागि पोखरा ल्याईयो । पोखराका सरकारी र निजी अस्पताल चाहार्रा चाहार्दै ५ औ अस्पतालमा मात्रै सिटिस्क्यान भयो र उनको उपचार भयो । पोखराका अस्पतालमा उपकरण नहुदाँ सास्ती खेप्नु परेको भन्दै गण्डकी प्रदेशका सांसद राजीव पहारीले साउन १३ गते संसद मै प्रश्न उठाए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल गण्डकी प्रदेशकै ठुलो अस्पताल हो । अस्पतालका निरिक्षण गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सोमबार अस्पतालको निरिक्षण गर्न पुगे । अस्पतालमा पुग्दा १ वर्ष देखी सिटिस्क्यान मेसिन बिग्रिँएको, अहिले सम्म एमआरआई मेसिन नै नभएको, अपेसनलाई आवश्यक पर्ने उच्चस्तरीय औजार नभएको, डाइलासिसका लागि आवश्यक थप मेसिन नभएको डाक्टरहरुले गुनासो गरे ।

पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा सिटिस्क्यान मेसिन एक वर्षमा पनि बनेन, सेवा ग्राहीलाई सास्ती
पश्चिमाञ्चल क्षेत्रिय अस्पताल

डाइलेसिस गर्न २ वर्ष पालो कुनुपर्ने अवस्था छ । अहिले ११ वटा डाइलेसिस मेसिन भए पनि २५ भन्दा बढि मेसिन भए मात्रै माग पुरा हुने गर्न सकिने पश्चिमाञ्चय क्षेत्रिय अस्पतालका निमित्त प्रमुख डा. राजेश अधिकारीले बताए । एमआरआई मेसिन पश्चिमाञ्चल क्षेत्रिय अस्पतालले अहिले सम्म देखेको छैन । सरकारी अस्पतालमा एमआरआई मेसिन नहुँदा बिरामीले महंगो शुल्क तिरेर परीक्षण निजी अस्पताल वा क्लिनिकमा जान बाध्य छन् ।

५ वर्षअघि किनेको सिटिस्क्यान मेसिन एक वर्षयता थन्किएको छ । बितेका ५ वर्षमा साढे दुई वर्ष मेसिन त्यती कै थन्कीएको छ भने साढे दुई वर्ष मात्रै काम ग¥यो । मेसिन दुई पटक बिग्रिसकेको छ । मर्मतपछि सञ्चालनमा आएको केही समयपछि मेसिन फेरि बिग्रियो र पछिल्लो एक वर्षदेखि सिटिस्क्यान मेसिन फेरि थन्किएको छ ।

उपकरण मात्रै होइन, शौचालय, भवनलगायत कारण पनि स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्तव्यस्त बनेको छ । प्रतिष्ठानको ओपीडीमा धान्नै नसक्ने गरी बिरामीको चाप छ तर भवन अभाव छ । निरीक्षणपछि मुख्यमन्त्री गुरुङले प्रतिष्ठान नेपाल सरकार मातहतमै रहेकाले प्रदेश सरकारले सहयोगी भूमिका निर्वाह गर्नमात्रै सक्ने बताए । डेढ करोडमै आउने मेसिन पनि नहुने अवस्था आउन नदिन २ वटा सिटिस्क्यान मेसिन राख्न, डायलासिस मेसिन थप गर्न संघिय सरकार सगँ माग गरे । उनले कि राम्रो सगँ हेर्नु प¥यो हैन भने प्रदेश सरकारलाई जिम्मा दिए हुन्छ ।

अहिले दैनिक १ हजार देखी २ हजार बिरामी आउने गरेका छन् । अस्पतालमा बिरामी धानिनसक्नु छ तर उपकरण र कोठा नै अभाव छ । पोखरा सहर मै ठूला अस्पतालमा त उपकरण छैनन् भने अन्य जिल्ला र गाउँको अस्पतालको हालत कस्तो होला ?

कमेन्टहरु
Loading...