पोखरा सहित पश्चिम क्षेत्रमा शनिबार राती ‘अति भारी वर्षा’को सम्भावना

पोखरा, २६ साउन / मौसमविदले शनिबार राती पोखरा सहित पश्चिम नेपालमा अति भारी वर्षाको सम्भावना रहेको बताएका छन् ।

मौसम विज्ञानको अनलाईनमा बुलेटिन जारी गर्दै पश्चिम नेपालमा अति भारी वर्षा हुने जनाएको छ ।

तीन दिन पछिको मौषम अनुमान गर्दै कार्यालयले बर्षा र बदलीको सम्भावना भने सोमबार सम्म देशभर नै रहेको जनाएको छ ।

शनिबार दिउँसो पश्चिमका एक वा दुई स्थानमा र राति पश्चिमका केही स्थानहरुमा तथा पूर्व र मध्यका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उलेल्ख छ ।

शनिबार राति भने पश्चिमका एक वा दुई स्थानहरुमा अति भारी वर्षाको सम्भावना जनाएको छ ।

यस्तो छ बुलेटिनमा उल्लेख

 

जारी मिति : २०७५ श्रावण २६ गते,बिहान ०६:०० बजे

श्रावण २६ गते (शनिबार)

दिउँसो र राति देशभर सामान्य देखि पूर्ण बदली रही देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ ।

शनिबार दिउँस पश्चिमका एक वा दुई स्थानमा र राति पश्चिमका केही स्थानहरुमा र पुर्व  र मध्यका एक वा दुई स्थानमा भारि बर्षाको सम्भावना रहेको छ।

शनिबार राती पश्चिमका एक वा दुई स्थानहरुमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ।

श्रावण २७ गते (आइतबार)

दिउँसो र राति देशभर सामान्य देखि पूर्ण बदली रही देशका धेरै जसो स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ ।

आइतबार दिउँसो र राति पश्चिमका केही स्थान र मध्य र पुर्वका एक दुइ स्थानमा भारि बर्षाको सम्भावना रहेको छ।

श्रावण २८ गते (सोमबार)

दिउँसो र राति देशभर सामान्य देखि पूर्ण बदली रही देशका धेरै जसो स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ भने सोमबार बिहानको समयमा पश्चिमका एक दुइ स्थानमा भारि बर्षाको पनि सम्भाबना रहेको छ।

 

कमेन्टहरु
Loading...