पोखरा उच्च वारको अध्यक्षमा बास्तोलाको प्यानल बिजयी (कस्को कति मत)

पोखरा, ३ भदौ /पोखरा उच्च अदालत वार एशोसिएसनको अध्यक्षमा अधिवक्ता रोहितराज बास्तोला निर्वाचीत भएका छन् । शनिबार भएको निर्वाचनमा

बास्तोलाले अध्यक्षका प्रत्यासी जनकल्याण पराजुलीलाई पराजित गर्दै प्यानल नै आफ्नो पक्षमा पारेका हुन् ।

कुल ३ सय ८९ मत खसेकोमा विजयी बास्तोलाले २ सय ४१ र पराजुलीले १ सय ३५ मत प्राप्त गरे । प्रजातान्त्रिकबाटै उपाध्यक्षमा उत्तम केसी २२६,

सचिव विनोद रेग्मी २५१, कोषाध्यक्ष माधवी पाण्डे २४५ र सहसचिव मीनाकुमारी रानाभाट २२६ विजयी भए ।

सदस्यमा हरिबहादुर भुजेल, दुर्गा कोइराला, लेखनाथ सापकोटा, गीताकुमारी लामिछाने, दीपेन्द्र अर्याल, हेमराज बराल, सन्तोषमणि लामिछाने र ईश्वर

चिलुवाल विजयी भए । एशोसिएसनमा ९ वर्षपछि मात्र निर्वाचन भएकोमा उत्साह प्रदरुपमा मतदाताको सहभागिता रहेको निर्वाचन समिति संयोजक

मुकुन्दराज अर्यालले जानकारी दिए ।

अध्यक्षमा विजयीपछि बास्तोलाले आगामी दिनमा बारलाई सबै कानून व्यवसायीको बार बनाउने प्रतिबद्धता व्यक्त गरे । बारमा कुल ४ सय १८ जना

मतदाता रहेका छन् ।

कस्को कति मत

पोखरा उच्च वारको अध्यक्षमा बास्तोलाको प्यानल बिजयी कस्को कति मत
पोखरा उच्च वारको अध्यक्षमा बास्तोलाको प्यानल बिजयी कस्को कति मत

 

कमेन्टहरु
Loading...