पोखराको दुई ठाउँमा बम फेला

पोखरा, ३० वैशाख/पोखराको दुई ठाउँमा बम फेला परेको छ । विप्लप माओवादीले गरेको बन्दका बेला बम फेला परेकाले उनीहरुले नै तर्साउनका लागि राखेको हुन सक्ने प्रहरीले जनाएको छ ।

पोखराका पोखरा लेखनाथ महानगरपाकिलाको विजयपुर र पोखरा विमानस्थल अगाडी बम फेला परेको कास्कीका प्रहरी प्रवक्ता खड्कबहादुर खत्रिले जानकारी दिए ।

उनले विजयपुरको बम नेपाली सेनाको टोलीले डिस्पोज गरि रकेको छ भने विमानस्थल अगाडीको शंकास्पद बस्तु नेपाली सेनाले डिस्पोज गर्ने तयारी गरेको उनले बताए । बम विप्लप माओवादीका कार्यकर्ताले राखेको हुनसक्ने प्रहरीको भनाई छ । पोखरामा प्रदेशस्तरको सुरक्षा समितिको छलफल चलिरहको छ ।

कमेन्टहरु
Loading...