ट्राफिक प्रहरीले हाकेको ट्रक विजुलीको पोलमा

पोखरा २९ भदौ / पोखराको सृजनाचोकबाट सिद्धार्थचोक तर्फ जादै गर्दा ट्राफिक प्रहरीले चलाएको मिनि ट्रकले

विद्युतको पोलमा ठक्कर दिँदा दुर्घटना भएको छ । ड्यूटिमा खटिएका ट्राफिक सन्तोष चौधरीले चलाएको ग १ ख

८२३४ नंबरको ट्रकको ठक्करबाट पोल ढलेको ट्रकले सडक छेउमा रहेको विद्युत पोललाई ठक्कर दिई ढलेको

हो । ठक्करबाट पोल ढलेपछि केही बेर सडक बन्द भयो भने तारहरु लत्रिए पछि दुर्घटनाको समेत जोखिम

बढेको थियो । ढेलको पोल पन्छाएर तारहरुलाई तान्ने काम विद्युत प्राधिकरण गरिरहेको छ । ट्राफिकको चेकिङ

पछि समातीको ट्रकलाई उनले लैजाने क्रममा दुर्घटना भएको प्रहरीको भनाई छ ।

कमेन्टहरु
Loading...