पोखरामा ट्राफिक लाईट राख्न बजेट, कार्यान्वयनमा आउनै सकस

पोखरा, १६ असार/बजार क्षेत्रमा चोक बढी छन् । सवारी बढ्दै गएका छन् । चोक र सवारीले ट्राफिक जामको समस्या बढाउँदै छ । प्राविधि र प्राविधिक रुपमा व्यवस्थापन गर्न नसकिए पोखराको बजार अस्तव्यस्त बन्ने सम्भावना छ ।

पोखरा महानगरपालिकाले सवारी व्यवस्थापन र ट्राफिक समस्या समाधान गर्न ट्राफिक लाईट जडान गर्ने नीतिसहित बजेट विनियोजन गरेको छ । ट्राफिक लाईट(बत्ती) राख्ने विषयमा वर्षेनी योजना अघि सारिन्छ । तर योजनालाई कार्यान्वयन गर्न सकिएको छैन् ।

ट्राफिक प्रहरीले एउटा मात्रै चोकमा लाईटको व्यवस्थापन गरिदिए मानवसंशाधनको प्रयोग केही हदसम्म अर्को क्षेत्रमा लगाउन सकिने विश्वास लिएको छ । ‘वर्षमा एउटा चोकमा मात्रै लाईट व्यवस्थापन गरिदिए पुग्छ ।’ जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख मुरारी मिश्रले भने–‘योजना हुन्छ होला, तर कार्यान्वयनको पक्ष फितलो छ ।’

national creation academy admission open

उनले योजना ल्याउने काम गरेपनि कार्यान्वयन नहुदाँ पुरानै तरीका रहेको उल्लेख गरे । योजना हुने तर कार्यान्वयन नहुने पुरानै तरीकामा चलिरहेको उनको गनुासो थियो । ‘पोखराका ८/९ वटा चोकहरुमा लाईट राख्नै पर्ने छ । पर्यटकीय शहर भनिरहँदा कमिटमेन्ट धेरै राम्रो तर कार्यान्वयन शून्य छ ।’ उनले अबको दश वर्षभित्रमा पोखराको ट्राफिक व्यवस्थापन गर्न नसकिए काठमाडौं भन्दा पनि खराब हुने सुनाए ।

पोखरामा ५० मिटरकै फरकमा ठूला चोकहरु छन् । ती चोकहरुमा लाईटको व्यवस्था अनिवार्य गर्नुपर्ने छ । तर योजना अघि सार्ने मात्रै काम हुदैं आएको छ । मानवशंसाधनले मात्रै पोखराको सवारी जाम नभएको उल्लेख गर्दै कमिटमेन्टले मात्रै समस्या समाधान नहुने उनको भनाई थियो ।

‘वान वे र नो राईट टर्न हुने हो भने सवारी साधन भित्री सडकमा छिर्र्नै मुश्किल पर्छ ।’ उनको गुनासो थियो । प्राविधिले व्यवस्थापनमा सहजीकरण हुने भएपनि लामो समयसम्म पनि महानगर पालिकाले त्यस तर्फ ध्यान दिन नसकेको गुनासो आम सर्वसाधारणले गर्दै आएका छन् । अहिले पोखरा महानगरपालिका वडा–१३ ले विद्यालय र विद्यार्थीलाई लक्षित गर्दै भद्रकाली माविको अगाडि सडकको दुई छेउमा लाईट जडान गरिदिएको छ ।

हिमाल कलेजमा कक्षा ११ लागि भर्ना खुल्यो
हिमाल कलेजमा कक्षा ११ लागि भर्ना खुल्यो

पोखरामा डेढ दशक अघि मुख्य तीन चोक सृजना, विपी(चिप्लेढुंगा) र महेन्द्रपुलमा ट्राफिक लाईट राखिएको थियो । तत्कालिन पोखरा उमहानगरपालिकाले निजी साझेदारी गर्दै ४० लाखको लागतमा लाईट राखेपनि क्षणीक समय मात्रै सञ्चालन आएको थियो । बिग्रिएपछि महानगर पालिकाले मर्मत सम्भार गर्ने तर्फ खासै ध्यान दिएन् । फेरी आर्थिक वर्ष २०७६/७७ को लागि बजेट बिनियोजन गरेको छ ।

महानगरपालिकाले पोखराको सृजनाचोकमा ट्राफिक लाईटसँगै सर्वसाधारण पैदलयात्रुको सहजताको लागि ओभरहेड बृज समेत निर्माण गर्ने योजना अघि सारेको छ । तत्कालिन पर्यटन मन्त्री रविन्द्र अधिकारीले आफनो निर्वाचन क्षेत्र विकास कोष मार्फत ५० लाख रुपैयाँ उपलब्ध गराएका थिए ।

त्यसमा महानगरपालिकाले रकम थप गरी ओभर हेड बृज निर्माण गर्न आवश्यक डिजाईन समेत सार्वजनिक गरिसकेको छ । सृजना चोकसहित महानगरपालिकाले पृथ्वीचोक ओभरहेड बृज राख्ने उल्लेख गरेको थियो ।

‘अहिले तीन ठाँउमा लाईट राख्न तीन करोड रुपैयाँ छुट्टाएका छौं ।’ पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले भने–‘अन्य मुख्य चोकहरुमा राख्नको लागि सर्भे समेत गरिएको छ ।’ उनले सृजनाचोक, महेन्द्रपुल र पृथ्वीचोकमा लाईट राख्ने उल्लेख गरे । ‘पहिला पृथ्वीचोकमा ट्राफिक लाईट राख्छौं ।’ मेयर जिसीले भने–‘त्यसपछि अन्य ठाँउमा राख्ने योजना हो ।’ उनका अनुसार एक ठाँउमा मात्रै लाईट राख्न झण्डै सवा करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

पृथ्वीचोकमा महेन्द्रपुल तर्फ जाने, सिदार्थ राजमार्ग तर्फ झर्ने, सभागृहचोक तर्फ जाने र पृथ्वीचोक तर्फ आउने चारै दिशामा लाईट राख्नुपर्ने खाँचो छ । महानगरपालिकाले अमरसिंहचोक, सिदार्थचोक, राष्ट्रबैंक चोक, विरौटाचोक, बुद्धचोक, अमरसिंह चोक लगायतका सवारी साधनले जाम हुने चोकहरुमा सर्भे गरिएको थियो ।

सर्भे गरिएको चोकहरुमा सवारी साधन र सडककै कारण समस्या सृजना हुदैं आएको छ । पृथ्वीचोक र सभागृहचोक बीचको दुरी एकसय मिटरकै हाराहारीमा छ । लाईट नभएकै कारण दुवै चोकमा मानव शंसाधनले व्यवस्थापन गर्दै आएका छन् । अञ्चल यातायात व्यवस्था कार्यालय गण्डकीमा निजी, भाडाका ठूला तथा साना एवं मोटरसाईकल गरी दुईलाख सवारी साधन दर्ता भएका छन् ।

कमेन्टहरु
Loading...